युवा संघ रसुवा पुर्नगठन

– फुर्पाले पाए अध्यक्षको जिम्मा
लोकखबर
२०८२ फाल्गुन ११, सोमबार २३:३५

त्रिशूली– राष्ट्रिय युवा संघ नेपाल रसुवाको भेला सम्पन्न भएको छ । भेलाले जिल्ला कमिटिी पुर्नगठन गरेको छ । पुर्नगठित राष्ट्रिय युवासंघ नेपाल रसुवाको अध्यक्षमा फुर्पादिण्डुप थोक्रा (सुरेश) चुनिएका छन् ।

उपाध्यक्षमा सन्तोष गुरुङ, सचिवमा सौरभ घिमिरे, सहसचिवमा निमासाङबो तामाङ र वुद्धिमान तामाङ, कोषाध्यक्षमा सुर्यबहादुर थोक्रा र युथफोर्स बिभाग प्रमुखमा हर्क तामाङ चुनिएका छन् । पुनर्गठनका लागि गरिएको भेलामा केन्द्रीय सदस्य तथा वागमति प्रदेश कमिटी सह–इञ्चार्ज सिर्जना लामा, विशेष अतिथि नेकपा (एमाले) रसुवाका अध्यक्ष कैसाङनुर्पु तामाङ तथा बिशेष अतिथि जिल्ला कमिटी सचिव पेम्बा लामा, राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुरज गुरुङ, जिल्ला कमिटी अध्यक्ष कुमार नगरकोटीलगायतले युवा संगठन जनतामाझ मजवुत भएको वताए ।

संघको नयां नेतृत्वले हिमाली रसुवाको युवा अभियानलाई उचाईमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने कार्यक्रमका सहभागीहरुले वताए ।


सर्वाधिक रुचाइएको