ग्रामीण सडक पुर्ननिर्माण
बिदुर– नुवाकोटको उत्तरी भेगमा रहेको दुप्चेश्वर गाउंपालिकाको कमेरेगाउँमा सडक पुर्ननिर्माण गरिएको छ । यसवाट गाउंवासीलाई सुविधा पुगेको छ । दुप्चेश्वर गापा ५ स्थित कमेरेगाउँमा सडक पुर्ननिर्माण गरि सोलिङ कार्य गरिएको छ ।

दुप्चेश्वर गापाले चालु आर्थिक वर्षको स्वीकृत बजेटमार्फत बालकुमारीको कमेरेगाउँमा उपभोक्ता समितिमार्फत सडक सोलिङ कार्य गरिएको जनाएको छ । उक्त योजनाका लागि दुप्चेश्वर गापाले कुल आठ लाख रुपैया बजेट विनियोजन गरेको थियो । ग्र्रामीण क्षेत्रका स्थानीयवासीलाई दैनिक आवतजावतमा सुविधा हुनुका साथै सवारी साधन सञ्चालन सहज हुनुका सथै विद्यार्थी, ज्येष्ठ नागरिक र कृषकहरूलाई आवतजावतमा सरलता आएको गापा अध्यक्ष शंकरवहादुर थापाले जानकारी दिए ।

उनका अनुसार उक्त कार्य सम्पन्न भएसंगै सर्वसाधारणलाई आवतजावतमा सुविधा पुग्नुका साथै अवको वर्षायाममा हिलो र चिप्लोपनबाट मुक्ति मिलेको छ । उपभोक्ता समितिको सक्रिय सहभागितामा काम गरिएकाले विकास निर्माणमा स्थानीय अपनत्व, पारदर्शिता र उत्तरदायित्व समेत बढ्ने अपेक्षा गरिएको गापा अध्यक्ष थापाको भनाई छ । उक्त सडक स्तरोन्नतिले गाउँको आर्थिक गतिविधि, कृषि उत्पादनको ढुवानी र सेवा प्रवाहमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको दुप्चेश्वर गापाका भुपेन्द्र केसीको भनाई छ ।

उनले सडक पुर्ननिर्माणले गाउंवासीलाई आवतजावतमा सुविधा, सरलता हुनुका साथै समयकोसमेत वचत भएको वताए ।














































