नुवाकोट १ मा तीन दललाई नयांको चुनौती

विरासत जोगाउने दौडमा तामाङ, जित निकाल्ने दाउमा मैनाली र डा. महत
लोकखवर राजनीतिक व्युरो
२०८२ फाल्गुन १२, मंगलवार ०१:३९

बिदुर– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई निर्वाचन क्षेत्र रहेको नुवाकोटमा मौसमी गर्मी नआउंदै निर्वाचनको माहौल तातेको छ । नुवाकोटको उत्तरपुर्वी क्षेत्र रहेको नुवाकोट १ मा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपाबाट हेभिवेट नेताहरु चुनावी मैदानमा छन् । ति तिनवटै दलका उम्मेदवारहरु पुर्वमन्त्रि हुन् ।

उनीहरुलाई नयां दलका उम्मेदवार चुनौतीका रुपमा उभिएका छन् । कांग्रेसका डा. प्रकाशशरण महत, एमालेका वद्री मैनाली र नेकपाका हितवहादुर तामाङ तीनै जना पुर्वमन्त्रि हुन् । डा. महत संघीयमन्त्रि तीन पटक, मैनाली वागमति प्रदेश सरकारमा कृषि राज्यमन्त्रि एक पटक र तामाङ दुई पटक संघीय मन्त्रि भइसकेका छन् ।

 

उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रम तिमिल्सिना, उज्लालो नेपाल पार्टीका अमित तामाङ, श्रम संस्कृति पार्टीका दावाफेन्जो तामाङ, राप्रपाका विमल थापा, नेमकिपाका रविन्द्र डंगोललगायत १३ दल तथा पांच जना स्वतन्त्रसहित १८ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । चर्चामा रहेका कांग्रेस, एमाले र नेकपाका हेभिवेट उम्मेदवारहरुसँग रास्वपालगायतका नयां दलका उम्मेदवारहरु प्रतिस्पर्धा गर्दै जनताका माझ पुगेका छन् ।

मतदाता भेटघाट, चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रममा दलका उम्मेदवारहरु व्यस्त रहेका छन् । पहिलो चरणको चुनावी कार्यक्रम सकेर उम्मेदवार दोश्रो चरणको प्रचार अभियानमा व्यस्त रहेका छन् । उम्मेदवार छान्ने केहि दिन अघिसम्म खासै चर्चामा नरहेका विक्रम तिमिल्सिना रास्वपाबाट उम्मेदवार बनेपछि यसअघि लामो समय यो क्षेत्रको भूगोलमा बलियो रहेका एमाले, नेकपा र कांग्रेसका नेतालाई अझै बढी दबाब बढेको छ ।

 

उक्त क्षेत्रमा गत २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा कांग्रेस माओवादी गठवन्धनवाट हालको नेकपाका हितवहादुर तामाङ विजयी भएका थिए ।
एमालेका वद्री मैनाली निकटतम प्रतिस्पर्धी भएका थिए । त्यसवेला गठवन्धनवाट तत्कालीन माओवादीका हितवहादुर तामाङले २६ हजार पांचसय ४८ मत पाएर विजयी भएका थिए । २३ हजार चारसय ६५ मत पाएर एमालेका वद्री मैनाली निकटतम प्रतिस्पर्धी भएका थिए । रास्वपाका प्रद्युम्न महतक्षेत्रीले ६ हजार एकसय १३ मत पाएका थिए ।

राप्रपाका सुदर्शन सिटौलाले एकहजार ६ सय ११ मत पाएका थिए । त्यस वेला १० जना उम्मेदवार चुनावी दौडमा थिए । तीन वर्ष अगाडि उक्त निर्वाचनमा सो क्षेत्रमा मुख्य दलहरुले समानुपातिकतर्फ पाएको मत तथ्यांक हेर्दा नेकपा एमालेले १६ हजार दुईसय ६७, कांग्रेसले १५ हजार सातसय ५१, तत्कालीन माओवादीले १५ हजार एकसय २७, रास्वपाले पांचहजार चारसय ४९, राप्रपाले चारहजार ४९ मत पाएका थिए ।

उक्त क्षेत्रमा हाल कांग्रेसको केन्द्रीय राजनीतिमा रहेका डा. प्रकाशशरण महत, एमाले नुवाकोटमा लगातार दुई पटक अध्यक्ष निवाृचित तथा केन्द्रीय शिक्षा विभागको सदस्यसमेत भइसकेका वद्री मैनाली, नेकपाका केन्द्रीय नेता हितवहादुर तामाङको, रास्वपाका विक्रम तिमिल्सिनावीच प्रतिस्पर्धा रहेको मतदाताहरु वताउंछन् ।पटकपटक पार्टीको केन्द्रीय नेता, सांसद, मन्त्री भएका उनीहरुसँग पहिलोपटक रास्वपाले विक्रम तिमिल्सिनालाई उठाएको हो । नुवाकोटको भूगोलमा कम प्रभाव रहेका उनी जनताको विकल्प अव आफ्नो पक्षमा भन्दै मत मागिरहेका छन् ।

सो क्षेत्रमा निर्वाचनका लागि १३ राजनीतिक दल र पांच स्वतन्त्र उम्मेदवार थपिएर १८ जना चुनावी दौडमा रहेका छन् । सवैले पहिलो चरणको मतदाता भेटघाट गरिसकेर चुनावी सभासमेत सुरु गरिसकेका छन् । सबै राजनीतिक दलका उम्मेदवारले निर्वाचन लक्ष्यित गतिविधि बढाउन थालेपछि काठमाडौसंग जोडिएको नुवाकोटमा निर्वाचनको माहोल तातिसकेको छ ।

विशेषगरी दलका उम्मेदवारहरु पार्टीको आन्तरिक भेटघाट, छलफलसँगै नेता कार्यकर्ताको सल्लाह सुझावमा रणनीतिक योजना बनाउन व्यस्त देखिएका छन् । दलका उम्मेदवारले जिल्लास्तरको छलफलसँगै क्षेत्र, पालिका, विभिन्न सम्पर्क समिति र वडास्तरका नेता कार्यकर्ताबीचको भेटघाट सकाएका छन् । दलहरुले पनि निर्वाचनमा आफ्ना उम्मेदवार विजयी गराउने उद्देश्यले रणनीतिक योजनासँगै हरेक तहमा निर्वाचन परिचालन र प्रचारप्रसार समिति गठन गरेर चुनावी अभियान गरेका छन् ।

दुई निर्वाचन क्षेत्र रहेको नुवाकोटमा दलका उम्मेदवारहरुको सम्पर्क कार्यालय स्थापनासँगै निश्चित योजना बनाएर चुनावी प्रचारप्रसार गरिरहेका छन् । नुवाकोटमा कांग्रेस, एमाले, नेकपा, रास्वपा नै मुख्य प्रतिस्पर्धाका दलहरु हुन् । उनीहरुसँगै नुवाकोट पुर्व अर्थमन्त्रि डां प्रकाशचन्द्र लोहनीको गृहजिल्ला भएकाले राप्रपाका उम्मेदवार पनि आफ्नो मत उल्लेख्य रहेको दावी गर्छन् ।

मुख्य प्रतिस्पर्धाका दलहरुले संगठन विस्तार, पार्टी प्रवेश तथा विभिन्न प्रशिक्षणमूलक गतिविधिमा सक्रिय देखिएका छन् । एमाले, कांग्रेस, नेकपाका हेभिवेट तथा प्रभावशाली उम्मेदवार चुनावी मैदानमा रहेकाले पनि नुवाकोट १ मा निकै रोचक र प्रतिस्पर्धात्मक बनेको ती दलका नेताहरुले जनाएका छन् । देशमा परिवर्तन, प्रजातन्त्र, गणतन्त्र ल्याउन योगदान गरेका पुराना अनुभवी नेता र नयाँ दलबाट नयाँ अनुहारबीच प्रतिस्पर्धा हुने भएकाले पनि बढी ध्यान केन्द्रीत भएको हो ।

नुवाकोट १ः दोश्रो पटक बद्री–हितवहादुरको लडाइँ, जित्ने दाउमा डा. महत र तिमिल्सिना
नेपालको राजनीतिमा महत्वपुर्ण मानिएको नुवाकोट १ मा एमालेका वद्री मैनाली र नेकपाका हितवहादुर तामाङबीच यससंगै दोश्रो पटक प्रतिस्पर्धा भएको छ । सो क्षेत्रमा हितवहादुरले २०७४ देखि लगातार जितेका छन् । २०७९ मा एमालेका वद्री मैनालीले आफ्नो दल सो क्षेत्रमा समानुपातिकमा पहिलो भएर पनि तामाङसंग तीनहजार ८३ मतले पराजित भएका थिए ।

गाउं, वडा, टोलस्तरदेखि नै एमालेको संगठन वलियो रहेको, युवा समुदायले आफ्नो योजनालाई साथ दिदै एमालेमा प्रवेश गरिरहेको र आफुले सदैव जनताको पक्षमा काम गर्ने मतदाताहरुमा विस्वास रहेका कारण यस पटक आफुले जित निकाल्ने एमालेका मैनाली ठोकुवा गर्छन । एमाले एकजुट भई चुनावमा रहेका कारण मतदाताले आफुलाई वलियो साथ दिइरहेको उनले वताए ।

पहिले दुई पार्टीबीच नै निकै बलियो प्रतिस्पर्धा हुने सो क्षेत्रमा अहिले कांग्रेस, एमालेसँगै रास्वपा पनि बलियो बन्दै गएको छ भने नेपाली कम्युनिष्ट पार्टीका पनि प्रभावशाली नेता चुनावी मैदानमा छन् । सो क्षेत्रमा नेकपाका तामाङ भन्दा अगाडि कांग्रेसका डा. रामशरण महतले गत २०५१ सालदेखि निरन्तर निर्वाचनमा विजयी हुँदै आएका थिए । पुर्व अर्थमन्त्रिसमेत भइसकेका डा. महत गत २०५१, २०५६, २०६४, २०७० सालको निर्वाचनमा लगातार निर्वाचित भएका थिए । उनी २०७४ सालमा माओवादीका हितवहादुर तामाङसंग पराजित भएका थिए ।

हाल विरामी तथा अस्वस्थ्य रहेका डा. रामशरण महतले पहिले निर्वाचन लड्दै आएको क्षेत्रमा हाल उनकै सहोदर भाई तथा पुर्वमन्त्रि डा. प्रकाशशरण महत चुनावमा उठेका छन् । नेकपाका हितवहादुर तामाङ लामो समयदेखि यही क्षेत्रबाट लड्दै आएका छन् । २०६४, २०७०, २०७४ र २०७९ सालमा सम्पन्न निर्वाचनमध्ये २०६४ र २०७० सालमा उनी पराजित भएका थिए ।

दुई पटक मन्त्री भइसकेका तामाङ पहिले तीन पटक कांग्रेस नेता डा. रामशरण महतसँग निर्वाचनमा प्रतिस्पर्धा गरे भने यस पटक उनका भाई डा. प्रकाशशरण महतसंग चुनाव लडेका छन् । आफुले उक्त क्षेत्रमा विकासका लागि कहिले पनि नथाकेका कारण आफुले विजय पाउने नेकपाका तामाङ दावी गर्दछन् । कांग्रेसका डा. महत भने आफुले उक्त स्थानवाट जनप्रपितनिधि नहुंदासमेत विभिन्न विकासका अभियान गरेका कारण मतदाताले यसपटक आफुलाई साथ दिने वताउंछन् ।

रोचक विषय त कांग्रेसका डा. महत, नेकपाका तामाङ, रास्वपाका तिमिल्सिना, एकै स्थानीय तह पन्चकन्या गाउंपालिकाका हुन् । उनीहरसंगै उक्त गापावाट मात्र ६ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । नुवाकोटमा कुल दुईलाख ४७ हजार आठसय ६८ जना मतदाता रहेका छन् । जसमध्ये महिला एकलाख १८ हजार नौसय ७५, तीन जना अन्य तथा क्षेत्र नं. १ मा एकलाख २३ हजार नौसय २९ जना मतदाता रहेका छन् ।

सो क्षेत्रमा रास्वपाबाट यसअघि चर्चामा नरहेका विक्रम तिमिल्सना उम्मेदवार छन् । उनी हाल भूगोल र मतदाताका साथै सामाजिक सन्जालबाट आफ्नो प्रचार गरिरहेका छन् । उनी नुवाकोटकै भएपनि भूगोलमा नयाँ अनुहार हुन् । युवा र परिवर्तन चाहने मतदातालाई आकर्षित गर्ने नारा आफुसंग रहेको वताएका उनले आफ्नो जित सहज हुने दाबी गरिरहेका छन् । तर, दलगत संगठनको आधारमा एमाले र कांग्रेसले आफ्नो जित निश्चित रहेको दाबी गरिरहेका छन् ।

विरासत जोगाउन कसरतमा हितवहादुर, जीत निकाल्ने योजनामा मैनाली र डा. महत
नुवाकोट १मा माओवादीवाट दुई पटक लगातार जितिसकेका हितवहादुर तामाङलाई यो पटक जित निकाल्न त्यत्ति सहज छैन । किनकी यसअघिका दुवै निर्वाचनमा उनी गठवन्धन गरेका दलहरुको उम्मेदवार थिए । २०७४ को निर्वाचनमा एमाले र २०७९ मा कांग्रेससंग दलीय गठवन्ध गरेर विजय निकालेका तामाङलाई यस पटक जित निकाल्न पहिलेको जस्तो सहज नभएको मतदाताहरु वताउंछन् ।

एक्लाएक्लै चुनावमा रहेका कारण उनलाई यसवेला गत चुनावको निकटतम प्रतिस्पर्धी एमाले, कांग्रेस र नयां दलको चुनौती हिमाल झै आएर उभिएको छ । सो क्षेत्रमा एमालदे र कांग्रेसका आआफ्नै मतदाताहरु रहेका छन् । तर, नयाँ उम्मेदवारले कसरी मत तान्छन् भन्ने कुनै निधो छैन ।

सो क्षेत्रमा एमालेका वद्री मैनाली, नेकपाका हितवहादुर तामाङ, राप्रपाका विमल थापाबाहेक सबै उम्मेदवार नयाँ हुन् । कांग्रेसबाट उम्मेदवार रहेका डा. प्रकाशशरण महत गत निर्वाचनमा समानुपातिक प्रणालीवाट सांसद हुदै अर्थमन्त्रिसमेत वनेका थिए भने २०७४ को निर्वाचनमा काठमाडौ ५ मा उम्मेदवार भएका उनी एमालेका इश्वर पोखरेलसंग पराजित भएका थिए ।


सर्वाधिक रुचाइएको