आकस्मिक वर्षातसंगै डांडाहरुमा परे असिना 

– हिमाली भेगमा हिमपात, किसानलाई खुसीयाली 
लोकखवर विशेष संवाददाता
२०८२ फाल्गुन १२, मंगलवार २३:४९

बिदुर–  मौसम परिवर्तनसंगै आकस्मिक वर्षात्का कारण नुवाकोटको विभिन्न स्थानमा असिनासंगै हिमपात भएको छ । किसानाहरु खुसी भएका छन् ।  कतिपय स्थानमा असिना तथा हिमपात भएको स्थलगत रुपमा हेर्नका लागि आन्तरिक पर्यटकहरु हिउं परेको स्थानमा पुगिरहेका छन्  ।

नुवाकोटको ककनी, दुप्चेश्वर, तारकेश्वर, किस्पाङ, तादी, शिवपुरीलगायतका स्थानमा असिनापानी र उच्च स्थानमा हिमपात भएको छ ।  हिमपात हेर्नका लागि पर्यटकहरु पुगिरहेका छन् । हिमपात हेर्न र  खेल्न जानेहरुको भीड वढेको छ । नुवाकोटमा मंगलवार अपरान्हदेखि नै असिना र उच्च भेगमा हिमपात भएको हो ।

तारकेश्वर  गापा १ सेलडाडा, लर्केप, फलाँटेलगायतका स्थानमा बाक्लो असिना परेको छ । हिउंदे वर्षातथ् भएपछि सर्वसाधारण निकै खुसी भएका छन् ।  केहि स्थानमा हिउंदे तरकारी र फलफुलमा क्षति  पुगेको छ । पुर्वी भेगमा रहेको ककनी गापाको ककनी हाइटमा हिउंदे वर्षासँगै व्यापक असिना परेको छ ।

हिउंदे पानीसंगै हिउं परेर चिसो वढेपछि सर्वसाधारण दाउरा वालेर आगो तापिरहेका छन् । काठमाडौंबाट नजिक रहेको कारण हिउं खेल्न काठमाडौवाटसमेत मानिसहरु पुगेका छन् ।  हिउं हेर्नको लागि निजी सवारी वा सार्वजनिक सवारीमा सर्वसाधारण उच्च स्थानमा गइरहेका छन् ।
नुवाकोटको पश्चिमी भेगमा रहेको किस्पाङ गापाको फिकुरी लेकलगायत १५ भन्दा धेरै स्थानमा असिनापानी र हिमपात भएको स्थानीयको भनाई छ ।  प्रसिद्ध ककनी, शिवपुरीमा पानीका कारण चिसो वढेको छ । जाडोयाम नसकिदै पानी परेपछि नुवाकोटका उच्च भेगमा  हिमपात भएको हो ।
जाडोयाममा अकस्मात पानी परेर उच्च क्षेत्रमा हिमपात भएपछि नुवाकोटको जनजीवन प्रभावित भएको छ । नुवाकोटको पर्यटकिय ककनी, सिक्रे, माथिल्लो भाल्चे, फिकुरी, काहुले, घ्याङफेदी, उर्लेनी, घ्याङफेदीमा पानी परेका कारण हिमपात भएको हो ।  हिमपात भएपछि नुवाकोटबासीमा खुसीयाली र कष्ट दुवै छाएको छ ।
हिउंदे वालीहरु अन्न तथा तरकारीको खेति गरेका किसानहरु निकै खुसी भएका छन् भने उच्च क्षेत्रमा हिउं परेपछि स्थानीयवासीलाई कष्ट भएको छ ।  हिमपातपछि  हिंउ हेर्न नुवाकोटका उच्च क्षेत्रका आसपासका सर्वसाधारण उच्च भेगमा पुगिरहेका छन् । अन्य कतिपय स्थानहरुमा समेत हिमपातको सम्भावना रहेको स्थानीयवासीले वताएका छन् ।


सर्वाधिक रुचाइएको