निर्वाचनका लागि नुवाकोटमा मतपत्र आए
बिदुर– प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नुवाकोटका लागि आवस्यक मतपत्र आइपुगेको छ । रुजु गर्ने कार्य सुरु भएको छ । यहि फागुन २१ गते विहीवारको निर्वाचनका लागि मतपत्र नुवाकोटका दुई वटै निर्वाचन क्षेत्रमा पुगेका छन् ।

नेपाली सेनाको सुरक्षामा नुवाकोटको बिदुर र खरानीटारस्थित सम्वन्धित निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र लगिएको हो । नुवाकोटमा दुईलाख ४७ हजार आठसय ६८ जना मतदाता रहेका छन् । जसमध्ये महिला एकलाख १८ हजार नौसय ७५ र तीन जना अन्य रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

नुवाकोटका लागि प्रत्यक्षतर्फ दुई लाख ६७ हजार थान मतपत्र आएको छ । उक्त मतपत्र कुल मतदाता भन्दा सात दशमलव ३१ प्रतिशत धेरै हो । समानुपातिकतर्फ दुई लाख ७३ हजार थान मतपत्र आएको मुख्य निर्वाचन अधिकृतको कार्यालय नुवाकोटले जनाएको छ । सो संख्य कुल मतदाता स.ख्या भन्दा १० दशमलव १४ प्रतिशत धेरै हो ।

नुवाकोट क्षेत्र नं. १ एकलाख २३ हजार नौसय २९ र २ मा एकलाख २३ हजार नौसय ३९ जना मतदाता रहेका छन् । क्षेत्र नं. १ का लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फका लागि समान एकलाख ३३ हजार थान मतपत्र आइपुगेको हो । क्षेत्र नं. २ का लागि प्रत्यक्षतर्फ एकलाख ३३ हजार र समानुपातिकतर्फका लागि एकलाख ४० हजार थान मतपत्र आइपुगेको सहायक निर्वाचन अधिकृत सुशीलकुमार यादवले जानकारी दिए ।

यससंगै नुवाकोटका दुवै क्षेत्रका लागि आवश्यक पर्ने प्रत्यक्ष र समानुपातिक तर्फको मतपत्र नुवाकोट ल्याइपु¥याइएको हो । प्रत्यक्ष र समानुपातिक गरी दुवै क्षेत्रका लागि पांचलाख ४० हजार थान मतपत्र नेपाली सेनाको टोलीले दुवै निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नुवाकोटमा एकसय ३२ मतदानस्थलमा २ सय ९३ मतदान केन्द्र कायम गरिएका छन् ।

जसमध्ये क्षेत्र नं. १ मा ६८ मतदानस्थल एकसय ४४ मतदान केन्द्र र क्षेत्र नं. २ मा ६४ मतदानस्थलमा एकसय ४९ मतदान केन्द्र कायम गरिएका छन् । केन्द्रीय कारागार नुवाकोटमा एक मतदान केन्द्र अस्थायी कायम गरिएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ । नुवाकोटमा ल्याईपु¥याइएको मतपत्र क्षेत्र नं. २ को बिदुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नं. १ को निर्वाचन अधिकृतको कार्यालय खरानीटारमा सुरक्षा घेराका साथ राखिएको जनाएको छ ।

प्रत्येक मतपत्र सिलवन्दी प्याकेटमा रहेको छ । प्रत्यक्ष वा समानुपातिक मतपत्रको पहिचानका लागि प्याकेटमा बाहिर कलर लगाइएको छ । च्यातिने, नष्ट हुने अथवा छाप्दा मसी लतपतिएको हुन सक्ने भएका कारण सहजीकरणका लागि प्रत्यक्ष र समानुपातिका लागि थप मतपत्रहरु आउने प्रावधान रहेको सम्वन्धित निकायले जनाएको छ ।















































