शिवपुरीमा कार दुर्घटना

– दुई जना घाइते
लोकखबर
२०८२ फाल्गुन १३, बुधबार २३:५९

बिदुर– नुवाकोटको पुर्वी भेगमा रहेको शिवपुरीमा एउटा कार दुर्घटना भएको छ । दुर्य जना घाइते भएका छन् । सदरमुकाम विदुरदेखि ५० किलोमिटर पुर्वमा रहेको छहरे–टोखा सडकखण्ड अन्तर्गत शिवपुरी गाउँपालिका–७ बोहोरेखोला नजिकैको घुम्तीमा वुधवार एउटा निजी कार दुर्घटना भएको हो ।

नुवाकोटबाट काठमाडौं जाँदै गरेको विएए ४०३८ नं को कार सडकमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घाईतेहरुको उद्धार गरी काठमाडौंको अस्पतालमा भर्ना गरिएको छ । स्थानीयवासीका अनुसार दुर्घटनामा दुई जना घाइते भएका छन् ।

सडकमा गुडिरहेको सो कार माथिवाट तल सडकमा खसेर उत्तानो परेको हो । सोही सडकमार्गको थानसिङमा वुधवारै एउटा यात्रुवाहक टाटासुमो दुर्घटना हुंदा चालकसहित ६ जना घाइते भएका थिए ।


सर्वाधिक रुचाइएको