सात थान हतियार वुझाइयो
बिदुर– आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि लक्ष्यित गर्दै नुवाकोटमा विभिन्न व्यक्तिहरुले आफुले अनुमति लिएका हतियार वुझाएका छन् । निजी हतियार वुझाउन जिल्ला प्रशासन कार्यालय नुवाकोटले आग्रह गरेकोमा ति व्यक्तिहरुले हतियार वुझाएका हुन् । यहि फागुन २१ गते विहीवारको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्यित गर्दै दर्ता भएका हातहतियार बुझाउन नुवाकोट प्रशासनले आग्रह गरेकोमा ६ जनाले सात थान हतियार बुझाएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।
हतियार वुझाएकामा चार जना विदुर नगरपालिका र दुई जना ककनी गाउंपालिकाका रहेका छन् । वुझाएका हतियार मध्ये चार थान १२ बोरको र तीन थान २२ म्याग्नमको हतियार रहेको कार्यालयले जनाएको छ । निर्वाचन र मतगणना सकिएको एक महिनापछि ति हतियार फिर्ता गरिने जनाइएको छ ।

निर्वाचनलाई सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउन १२ स्थानीय तह रहेको नुवाकोटभित्र रहेका इजाजत प्राप्त हातहतियार तथा खरखजानाहरू भरुवा बन्दुक बुझाउन आग्रह गरिएकोमा अनुमतिपत्र प्राप्त ति हतियारहरु सम्वन्धित व्यक्तिले आएर वुझाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । एक जनाको दुई वटा हतियार रहेकोमा कार्यालयमा आएर वुझाएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए ।
यसअघि जिल्ला प्रशासन कार्यालयले आफूसँग भएका हतियार जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी इकाईमा बुझाउन सम्बन्धित सबैलाई आग्रह गरेको थियो । जिल्ला प्रहरी र प्रहरी इकाइमा बुझाएका हातहतियारहरू निर्वाचन सम्पन्न भएपश्चात् एक महिनापछि सम्बन्धित हतियार दर्तावाला व्यक्तिलाई फिर्ता गरिने प्रमुख जिल्ला अधिकार िशम्भुप्रसाद रेग्मीको भनाई छ ।

निर्वाचनको समयमा इजाजत प्राप्त हतियारसमेत चुनौतीपूर्ण हुन सक्ने जनाउंदै प्रशासनले हतियार बुझाउन आग्रह गरेअनुसार व्यक्तिले हतियार वुझाएका हुन् । यसअघि पनि प्रशासनले हरेक निर्वाचनको समयमा इजाजतपत्र प्राप्त हतियार बुझाउन भन्दै आग्रह गर्दैै आएको थियो ।












































