देशमा स्थायी सरकार आवस्यकः लामिछाने

– ‘अवको निर्वाचनले इतिहास लेख्छ’
लोकखवर राजनीतिक व्युरो
२०८२ फाल्गुन १५, शुक्रबार ००:५०

बिदुर– देशमा  स्थायी सरकार नहुंदा अनेक समस्याहरु आइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दावी गरे । उनले स्थायी अर्थात् पांच वर्षसम्म टिक्ने सरकारले मात्र देशमा समस्या समाधान गर्न सक्ने वताए । नुवाकोटको सदरमुकाम बिदुरको बट्टारस्थित हावाघरमा विहीवार आयोजित कोणसभामा सभापति लामिछानेले कसैलाई गाली नगरी अवको निर्वाचनवाट देशमा इतिहास लेखिने वताए ।

उनले आफू मत माग्न नभई “इतिहास लेखाउन” नुवाकोट आएको पनि बताए । देशमा वर्षौंदेखिको वेतिथीलाई अन्त्य गरिने सभापति लामिछानेले दावी गरे । यसका लागि हामीले कुरेको ८४ हो । तर, त्यो भन्दा अगाडि ८२ मै यो अवसर आएको छ, दुःखद अवस्थामा आएको अवसरलाई तागतमा वदल्ने लामिछानेले दावी गरे ।

कोणसभामा उनले भने अव मुटु दह्रो पारेर नुवाकोटमात्रै नभई देशकै इतिहास लेखिने भनाई राखे । आफु अन्यत्र हिड्न पर्दा आफ्नै चितवनमा उचित समय दिन नसकेको वताए । लामिछानेले अगाडि भने– ३४ वर्षसम्म हेंर्दै मौका र अवसर दिएको हो । तर, अवसर अव गुम्न दिन हुदैन । अन्तिम चरणका चुनावी चलखेल हुन सक्छन, यसर्थ सचेत रहन उनले आफ्ना कार्यकर्तालाई आग्रहसमेत गरे ।

अहिले रास्वपामा रहेका नेता, कार्यकर्ताहरु विभिन्न दलहरुवाट आएका अवस्य हुन् । जनतालार्य हामीले वितेको ३४ वर्ष होइन, पांच वर्ष मागेको छौं, पांच वर्ष स्थायी सरकार हामीले मागेको हौं– सभापति लामिछानेले भने । उनले नुवाकोटवासीमाझ भने हामी तपाइहरुलाई तपाइको पुरानो दल छाड्नुस भन्दैनौ, झण्डा पनि हामी नै छापेर दिन्छौं । तर, स्थायी सरकारको लागि ढोका खोलिदिनुस मात्र भन्छौं ।

आफूलाई चितवनका जनताले जिताउने वाचा गरिसकेको र देश बनाउन हिँडेको दाबीसमेत उनले गरे । “हामीलाई माया गर्नुहुन्छ भने हाम्रा उम्मेदवारलाई जिताउनुस्” –उनले कोणसभामा भने । सभापति रवि लामिछानेसंगै उपसभापति डोलप्रसाद अर्याल, रास्वपाका उम्मेदवारहरु अचुतम लामिछाने र विक्रम तिमिल्सिनालगायत सहभागी थिए ।

सभापति लामिछाने नुवाकोटको वट्टार अपरान्ह आइपुग्ने वताइए पनि वेलुकी अवेर मात्रै नुवाकोट आइपुगेका थिए । समय ढिला भएका कारण नुवाकोट क्षेत्र नं. १ को उनको छहरेको र नुवाकोटसंगै जोडिएको वेत्रावतिको कार्यक्रम स्थगित गरिएको थियो ।

छहरे र वेत्रावतिमा उपसभापति डोलप्रसाद अर्यालले मन्तव्य राखेका थिए । यसअघि रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह केहि दिन अगाडि नुवाकोट आएपनि सम्बोधन भने गरेका थिएनन् ।


सर्वाधिक रुचाइएको