निर्वाचनको तयारी तिव्रस्तरमा

– शिक्षा, सचेतना, प्रशिक्षण अन्तिम चरणमा
लोकखबर
२०८२ फाल्गुन १५, शुक्रबार ०१:१०

बिदुर– यहि फागुन २१ गते विहीवारको प्रतिनिधि सभा सदस्यको निर्वाचनको नुवाकोटमा तिव्रस्तरमा तयारी भइरहेको छ । निर्वाचनका लागि मतदाता शिक्षा, सचेतना, प्रशिक्षण, अन्र्तक्रियालगायतका कार्यहरु धमाधम भइरहेका छन् । सोही सन्दर्भमा विहीवार नुवाकोटको त्रिदुरमा पत्रकारहरुसंग निर्वाचन तयारी, मतदाता शिक्षा, मतदानको तयारी तथा स्वच्छ, निष्पक्ष निर्वाचन समवन्धि अन्र्तक्रिया सम्पन्न भएको छ ।

जिल्ला निर्वाचन कार्यालय नुवाकोटद्वारा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लक्ष्यित मतदाता शिक्षा एवं निर्वाचन प्रचार–प्रसार सम्बन्धि अन्र्तक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयका प्रमुख होमबहादुर थापामगरले निर्वाचन आचारसंहिता मतदाता सचेतना, निष्पक्ष सूचना प्रवाह तथा सञ्चारमाध्यमको भूमिकाबारे विस्तृत प्रस्तुतीकरण गरे । उनले निर्वाचनको तयारी तिव्र रुपमा भइरहेकोसमेत वताए ।

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले आसन्न निर्वाचनमा पत्रकार तथा निर्वाचन आचारसंहतिा अनुसार पत्रकारहरु क्रियाशील रहेको वताए । उनीहरुले आम पाठक, दर्शक, श्रोताको रचि अनुसारका विषय पस्कनु पत्रकारहरुको दायित्व भएकोसमेत वताए । सोही कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत जिल्ला न्यायाधिष कोमलप्रसाद आचार्यले पत्रकारले सदैव जनपक्षिय विषयवस्तुलाई आचारसंहिता अनुसार प्रस्तुत गर्नु पर्ने वताए ।

पत्रकारहरुले नियम र कानून अनुसार समाचारमुलक सामग्री प्रस्तुत गर्नु पर्ने वताए । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले निर्वाचनका लागि नुवाकोटमा शान्तिसुरक्षाको अवस्था मजवुत रहेको वताए । सुरक्षा मजवुत रहेका कारण भयरहित, निष्पक्ष र शान्तिपुर्ण निर्वाचन हुने उनले वताए ।

उनले नुवाकोटमा निर्वाचन आचारसंहिताको पालना, यसमा सरोकारवालाको सहकार्य भइरहेको ठहर गर्दै शान्त र निष्पक्ष निर्वाचन गर्न आफुहरु उत्साहित भएको जनाउदै निर्वाचन आचारसंहिता पालनामा नुवाकोटको अवस्था सन्तोषजनक रहेको प्रजिअ रेग्मीले वताए । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी उपरीक्षक विपिन रेग्मी, सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईलगायतले सञ्चारकर्मीका जिज्ञासाहरूको जवाफ दिएका थिए ।

कार्यक्रममा सहभागीहरले निष्पक्ष, मर्यादित र शान्तिपूर्ण निर्वाचनका लागि सबैको साथ र सहकार्य अपरिहार्य रहने सहभागीहरूले जोड दिएका छन् । निर्वाचन आचारसंहिताको पालना राम्रो रहनुका साथै जिल्लामा निर्वाचनलाई मर्यादित, निष्पक्ष र शान्तिपूर्ण बनाउन सबै पक्षबाट सकारात्मक सहयोग भइरहेको छ ।


सर्वाधिक रुचाइएको