टाटासुमो दुर्घटनामा नौ जना घाइते
बिदुर-नुवाकोटको पुर्वी भेगमा रहेको शिवपुरीमा यात्रुवाहक टाटासुमो दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा चालकसहित नौ जना घाइते भएका छन् ।

सदरमुकाम बिदुरदेखि ४५ किलोमिटर पुर्वमा रहेको शिबपुरी गाउंपालिका ५ कुखरेस्थित कुखुरे–मानभन्ज्याङ भित्रि सडकखण्डमा दुप्चेश्वरबाट काठमाडौतर्फ जादै गरेको बागमती प्रदेश०३००१ज ०७७७ नं.को टाटासुमो गाडी अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । दुर्घटनाग्रस्त हुदां गाडीका चालक र यात्रु गरि नौ जना घाई भएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा एक पुरुष र एक महिलासहित दुई जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा टाटासुमो चालक नुवाकोटको दुप्चेश्वर गापा ४ जिम्नाङका ४० वर्षिय आइत लामासहित नौ जना घाइते भएका हुन् ।

दुर्घटनापछि घाइतेहरुको स्थानीयवासी तथा प्रहरीले उद्धार गरेका थिए । घाइतेहरुमा दुप्चेश्वर गापा ४ जिम्नाङका .५० वर्षिय सम्तेन लामा, सोही स्थानकी ४३ वर्षिय फुलमाया लामा, ४२ वर्षिय नेमाग्याम्ते लामा, २७ वर्षिया कल्पना तामाङ, ३५ वर्षिय इन्द्रकुमार तामाङ, ४३ वर्षिया रुपसागी तामाङ, ४४ वर्षिया सुशीला तामाङ र कालिकोटको नरहरी गापा घर भई हाल दुप्चेश्वर गापा ४ बस्ने ३४ बर्षिय टेकवहादुर विष्ट रहेका छन् ।

उनीहरुको ग्राण्डी अन्र्तराष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ । एक दिन अगाडि मात्र सोही सटकमार्गमा रहेको शिवपुरीमै एक कार दुर्घटना हुदा दुई जना र शिवपुरीसंगै जोडिएको लिखु गापाको थानसिङमा टाटासुमो नै दुर्घटना हुंदा ६ जना घाइते भएका थिए ।
















































