कांग्रेसको मोटरसाइकल ¥याली
बिदुर– आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिदै जांदा नुवाकोटमा दलहरुले आआफ्नो पक्षमा जनमत जुटाउनका लागि विभिन्न कार्यहरु गरिरहेका छन् । जसअन्र्तगत दलहरुमा मतदाता भेटघाट, अन्र्तक्रिया, कोणसभालगायतका विभिन्न कार्यहरु गरिरहेका छन् । चुनावी तयारी स्वरुपमा नुवाकोटको विदुरमा शनिवार नेपाली कांग्रेस नुवाकोटले मोटरसाइकल ¥याली गरेको छ ।

¥यालीमा नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुको सहभागिता रहेको थियो । कांग्रेस विदुर नगर समितिको आयोजनमा मोटरसाईकल ¥याली भएको हो । विदुर नपा ९ स्थित कोलोनीबाट सुुरु भएको मोटरसाईकल ¥याली कोलोनी, आँगापुटार, तुप्चे, भैसै वेत्रावती हुँदै भैसे, गेर्खुटार, बान्द्रे, ढुङ्गे, त्रिशूली विदुर बट्टार पिपलटार, देवीघाट हुँदै कोल्पुटारसम्म पुगेको थियो । नुवाकोट र धादिङको सिमाना कोल्पुटार पुगेर फर्किएको मोटरसाइकल ¥याली बट्टारमा आएर सम्पन्न भएको थियो ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नुवाकोटको विदुर आउनुपर्व कांग्रेसले उक्त मोटरसाइकल ¥याली गरेको हो । सभापति थापा आइतवार नुवाकोटको बट्टारमा आयोजित चुनावी सभामा प्रमुख वक्ताको रुपमा आउने तय भएको कांग्रेस नुवाकोट २ का सभापति जगतवहादुर तामाङले वताए । उनका अनुसार उक्त सभामा सभापति थापाका साथै पुर्वमन्त्रि तथा नेता अर्जुनरनरसिह केसी, सहमहामन्त्रि बहादुरसिंह लामालगायतले मन्तव्य राख्ने तय भएको छ ।

यसैवीच, नुवाकोट २ का कांग्रेस उम्मेदवार जगदीश्वरनरसिह केसीले नुवाकोटमा पार्टी एक ढिक्का भएको बताए । उनले विगतमा कांग्रेसमा देखिएको केसी र महत पक्षको विवाद समाधान भइसकेकोले आफुलाई सहज भएको उनको भनाई छ ।

नुवाकोटमा कांग्रेस एकढिक्का भइसक्यो, अव जनताले साथ दिनुहुनेछ भन्ने विश्वास लिएको छु–केसीले अगाडि भने । नुवाकोट १ कांग्रेसका डा. प्रकाशशरण महत उम्मेदवार रहेका छन् ।














































