मतदानमा खटिएका कर्मचारीको सम्मान
बिदुर– नुवाकोटको एक मतदान केन्द्रका कर्मचारीहरु सम्मानित भएका छन् । मतदान सफलतापुर्वक गराएको जनाउंदै मतदानमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीलाई सम्मानित गरिएको हो । म्यागङ गाउँपालिका–३ देउरालीमा निर्वाचनमा खटिएका कर्मचारीहरूलाई विहीवार मतदान सम्पन्न भएपछि सम्मानसहित बिदाई गरिएको हो ।

निर्वाचन सम्पन्न भएपछि कर्मचारी र सुरक्षाकर्मीलाई औपचारिक रूपमा सम्मान गर्दै बिदाई गरिएको हो । मतदान केन्द्रमा निर्वाचनलाई सफल र मर्यादित बनाउन योगदान दिएका सबै कर्मचारी तथा सुरक्षाकर्मीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सकारात्मक अभ्यासलाई निरन्तरता दिइने स्थानयिवासीले बताएका छन् । पहिलो पटक नयां कार्य र अभ्यास गर्दै निर्वाचनमा खटिएका मतदान अधिकृत, कर्मचारी तथा सुरक्षाकर्मीहरूलाई सम्मानसहित बिदाई गरिएको स्थानीयवासी एवं नेपाली कांग्रेस क्षेत्रिय प्रवक्ता तथा म्यागङ–३ देउरालीका प्रतिनिधि विजय गुरुङले वताए ।

उनका अनुसार आफ्नो गाउंमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेका कारण मतदान अधिकृत, कर्मचारी तथा सुरक्षाकर्मीहरूको पहिलो पटक सम्मान गरिएको हो । गाउंमा गरिएको उक्त सम्मानलाई स्मरणयोग्य, सकारात्मक अभ्यासका रूपमा हेरिएको सहभागीहरूले बताएका छन् ।











































