ओम शान्तिको भवन उद्घाटन

– संस्कृति नेपालको पहिचान भएको केसीको भनाई
लोकखबर
२०८२ फाल्गुन २४, आईतवार २३:२९

बिदुर – नुवाकोटको बट्टारवजारमा धार्मिक भवन निर्माण गरिएको छ । विदुर नगरपालिका ४ बट्टारवजारमा ओम शान्तिको भवन उद्घाटन गरिएको हो ।

उक्त भवनको कार्यक्रमकावीच व्रम्हकुमारी नेपालीका निर्देशक राजदादी मां र पुर्वमन्त्रि अर्जुननरसिंह केसीले उद्घाटन गरे । केसीले संस्कृति नेपालको पहिचान र सम्पत्ति भएको वताए ।

उनले नेपालका पहिचान वोेकेका संस्कृतिहरु पविर्तनको आडमा हराउंदै जानु चिन्ताको विषय भएको वताए । उनले धार्मिक संस्कृति र परम्पराले नेपालको पहिचान महत्वपुर्ण रहेको वताए ।

दुई तल्ले उक्त भवनमा हलसहित नौ कोठा रहेको छ । विदुर नगरपालिका कार्यालय, विदुर २ र ४ वडा, तत्कालीन जिविसलगायत विभिन्न संघसंस्था तथा धार्मिक व्यक्तिहरुको आर्थिक सहयोगवाट उक्त भवन निर्माण भएको ओम शान्ति बट्टार नुवाकोटले जनाएको छ ।


सर्वाधिक रुचाइएको