विभिन्न महिलाहरुलाई सम्मान

– योगदानको कदर गर्दै सम्मान
लोकखबर
२०८२ फाल्गुन २४, आईतवार २३:३९

बिदुर – विभिन्न क्षेत्रमा योगदान पु¥याएका नुवाकोटका महिलाहरु सम्मानित भएका छन् । विदुरमा आइतवार विभिन्न क्षेत्रका चार जना महिलाहरु सम्मानित भएका हुन् ।

सबै महिला र बालिकाका लागि अधिकार, न्याय र कार्यसहितको अवसर भन्ने मुल नारासहित विदुर नगरपालिकाले ११६ औं अन्तर्राष्ट्रिय महिला दिवश मनाएको हो । कार्यक्रममा विदुर नगरपालिकामा रहेर समाजका विभिन्न क्षेत्रमा योगदान गरेका चार जना महिलाहरुलाई सम्मानित गरिएको छ ।

कार्यक्रममा महिला उद्यमी गीता थापा, कृषि उद्यमी लक्ष्मी नकर्मी, अपांगता अधिकारकर्मी रुपा थापा तथा एकल महिला अभियानकर्मी देवकी पौडेललाई कार्यक्रमकावीच सम्मानित गरिएको हो । सहभागीहरुलाई विदुर नपाकी उपमेयर प्रभा वोगटीले सम्मानित गरिन् ।

उनले समाजको विकास र परिवर्तनमा महिलाहरुको योगदान रहेका कारण योगदानको कदर गर्दै सम्मानित गरिएको वताइन् । महिलाहरुलाई आफ्नो कार्यकुशलता गरिरहनु उनले सुझावसमेत दिइन् ।

कार्यक्रममा सहभागी विभिन्न क्षेत्र तथा समुदायका महिलाहरुले विकास र परिवर्तनमा महिलाहरुको विशेष सहभागिता रहने गरेको वताइन् । महिलाहरुको जागरणमा विदुर नपाले विशेष कार्यहरु गरिरहेको महिला विकास शाखाले जनाएको छ ।


सर्वाधिक रुचाइएको