१४ उम्मेदवारको जमानत जफत
बिदुर – यस पटकको निर्वाचनमा उठेर मापदण्ड अनुसार तोकिएको मत प्राप्त गर्न नसकेका नुवाकोट १ का अधिकांश उम्मेदवारहरुको जमानत जफत भएको छ । १४ जना उम्मेदवारहरुको जमानत जफत भएको हो । प्रतिनिधि सभा सदस्य निर्वाचनमा नुवाकोट क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि निर्वाचनमा उठेका १८ मध्ये १४ जना उम्मेदवारको जमानत जफत भएको हो ।

प्रतिनिधिसभा निर्वाचन निर्देशिका २०८२ को परिच्छेद १० बमोजिम सदर मतको १० प्रतिशत मत प्राप्त नगर्ने आठ उम्मेदवारको जमानत जफत भएको हो । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नुवाकोट १ मा १३ जनाले राजनीतिक दलवाट र पांच जनाले स्वतन्त्र (व्यक्तिगत) आआफ्नो उम्मेदवारी दिएका थिए । जसमध्ये विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका डा. विक्रम तिमिल्सिना, नेपाली कांग्रेसका डा. प्रकाशशरण महत, नेकपाका हितवहादुर तामाङ र नेकपा एमालेका वद्री मैनालीले मात्रै जमानत जोगाउन सफल भएका छन् ।

नुवाकोट क्षेत्र नं. १ मा एकलाख २३ हजार नौसय २९ मतमध्ये कुल ७१ हजार ४० मत खसेको थियो । सो क्षेत्रमा ६७ हजार दुईसय ८० मत सदर भएको थियो । उम्मेदवारले आफ्नो जमानत जोगाउन खसेको कुल मतमध्ये सदर मतको १० प्रतिशत प्राप्त गर्नुपर्ने प्रावधान अनुसार नुवाकोट १ मा ६ हजार सातसय २८ मत ल्याउनु पर्छ । तोकिएको मत ल्याउन नसकेका १४ जना उम्मेदवारहरुले तोकिएको मत ल्याउन नसकेर आफ्नो जमानत गुमाएका छन् ।
यद्यपि, नुवाकोट १ मा विजयी भएको रास्वपा, निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा बाहेक अन्य उम्मेदवारले उक्त मत कटाउन सकेनन् । अन्य १४ जना उम्मेदवारको जमानत जफत भएको छ । अन्तिम मत परिणामअनुसार विजयी भएका रास्वपाका डा. विक्रम तिमिल्सिनाले २२ हजार ६ सय ९ मत पाएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतले १८ हजार पांचसय ९७,नेपाली कम्युनिस्ट पार्टीका हितहवादुर तामाङले १३ हजार तीनसय ७७, नेकपा एमालेका वद्री मैनालीले आठहजार नौसय ३२ मत पाएर कुल सदर मतको १० प्रतिशत मत पाएर जमानत फिर्ता भएको छ । उज्यालो नेपाल पार्टीका अमित तामाङले दुईहजार ६३, राष्ट्रिय प्रजातन्त्र पार्टीका विमल थापाले सातसय ५६ मत, श्रम संस्कृति पार्टीका दावाफेन्जु लामाले दुईसय ८८ मत, मंगोल नेशनल अर्गनाइजेसनका कुमार रानामगरले एकसय ५९, नेकपा माओवादीका महेन्द्र तामाङले एकसय ५६ मत, प्रगतीशील लोकतान्त्रिक पार्टीका राजन गौतमले ८८, स्वतन्त्र उम्मेदवार सन्जिव गुरुङले ६३, नेककिपाका रविन्द्र डंगोलले ५०, स्वतन्त्र राजु थापाले ४९, स्वतन्त्र रामेश्वर भण्डारीले २९, जनता समाजवादी पार्टीका होमवहादुर राइले २४, स्वतन्त्र माधव थापाले २०, स्वतन्त्र चेपे तामाङले १४ र मितेरी पार्टी नेपालका विवेक सिलवालले ६ मत प्राप्त गरेका छन् ।

चार उम्मेदवारबाहेक अन्य १४ जना उम्मेदवारको जमानत जफत हुने जिल्ला निर्वाचन कार्यालय विदुर नुवाकोटले जनाएको छ । नुवाकोट १ मा एकलाख २३ हजार नौसय २९ मतमध्ये ७१ हजार ४० मत खसेको थियो ।













































