त्रिशूलीमा विद्यार्थी वेपत्ता

– पौडी खेल्ने क्रममा वेपत्ता
लोकखबर
२०८२ फाल्गुन २६, मंगलवार २३:२६

बिदुर – साथीहरुसंग पौडी खेल्ने क्रममा एक विद्यार्थी त्रिशूली नदीमा वेपत्ता भएका छन् । देवीघाटस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा स्थानीय एक विद्यार्थी वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

नुवाकोटको तारकेश्वर गाउँपालिका १ कात्तिके घर भई  विदुर नगरपालिका ५ देवीघाट वसोवास गरि स्थानीय शहिद जगत प्रकाशजंग शाह संस्कृत माविको कक्षा आठमा अध्ययनरत १६ वर्षीय आशिष घिमिरे यहि फाथगुन २१ गतेदेखि त्रिशूली नदीमा वेपत्ता रहेको प्रहरी निरीक्षक वीरवहादुर वलायरले जानकारी दिए । ६ दिनदेखि वेपत्ता उनको खोजीमा आफन्त, सर्वसाधारण, सुरक्षाकर्मी तथा गोताखोर नै परिचालन गरिएकोमा अझै सम्पर्कविहीन रहेको वलायर वताउंछन् ।

चार जना साथीहरुसंग पौडी खेल्ने क्रममा विद्यार्थी घिमिरेलाई त्रिशूली नदीले वगाएको हो । उनको खोजीको लागि सुरक्षाकर्मीसहितको टोली त्रिशूली नदीमा दैनिक रुपमा परिचालन भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।


सर्वाधिक रुचाइएको