अदुवा प्रवद्र्धन कार्यक्रम सन्चालन

– किसानहरुलाई अदुवाको विउ तथा विषादी हस्तान्तरण
लोकखबर
२०८२ फाल्गुन २७, बुधबार २३:००

बिदुर – किसानहरुलाई अदुवाको उत्पादनमा आत्मनिर्भर वनाउने उद्धेश्यले नुवाकोटको पन्चकन्यमा अदुवा प्रवद्र्धन कार्यक्रम सन्चालन गरिएको छ । यसवाट किसानहरु उत्साहित भएका छन् ।

कार्यक्रमअन्र्तगत अदुवा खेतिका लागि हावापानी सुहाउंंदो पञ्चकन्याका किसानहरुलाई पहिलो चरणमा अदुवाको विउका साथै त्यसका लागि आवस्यक विषादी प्रदान गरिएको छ । पञ्चकन्या गापाको वार्षिक स्वीकृत अदुवा प्रवद्र्धन कार्यक्रम अन्र्तगत किसानहरुलाई उक्त अभियानमा सहभागी गराइएको गापा अध्यक्ष तेजवहादुर तामाङ रमेशले जानकारी दिए ।

किसानहरुलाई प्रति किसान एकसय किलोग्राम अदुवाको विउ र आवस्यक विषादीहरु कार्यक्रमकावीच गापा अध्यक्ष तामाङ, उपाध्यक्ष विमला केसी, प्रमुख प्रशासकीय अधिकृत हिराधन राईलगायतले छनौट भएका किसानहरुलाई अदुवाको विउ तथा विषादी हस्तान्तरण गरका हुन् । ६० जना कृषकहरुलाई छनौट गरि उक्त अभियान गरिएको पन्चकन्या गापाको कृषि विकास शाखाले जनाएको छ ।

 

 


सर्वाधिक रुचाइएको