शिवपुरीमा दुर्घटना, एक घाइते

– सरकारी स्कोर्पियोले मोटरसाइकल किच्यो
लोकखबर
२०८२ फाल्गुन २९, शुक्रबार २३:४९

बिदुर– नुवाकोटवाट काठमाडौं प्रवेको छोटो दुरीको छहरे–टोखा सडकमार्गमा शुक्रवार दुर्घटना भएको छ । सडकमा गुडिरहेको सरकारी स्कोर्पियोले मोटरसाइकललाई किचेको हो । सदरमुकाम विदुरदेखि ४५ किलोमिटर पुर्वमा रहेको शिबपुरी गाउंपालिका ७ स्थित सातघुम्ती सडकमार्गमा दुर्घटना हुंदा एक जना घाइते भएका छन् ।

गुरुङगाउँस्थित सेल्फीडाँडामा सरकारी स्कोर्पियोले मोटरसाइकललाई किच्दा मोटरसाइकल चालक घाइते भएका हुन् । बिदुर नपा ६ चण्डीपोखरीस्थित केन्द्रीय कारागार नुवाकोटका प्रमुख भेषवहादुर कुंवर आफैले हांकेको एमएच–१५टिसि–०४१५ए नम्बरको महिन्द्रा स्कोर्पियो गाडीले काठमाडौवाट नुवाकोटतथर्फ आउंदै गरेको बागमती प्रदेश–०२–०४०प७१४६ नम्बरको मोटरसाइकललाई किचेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

जेलर कुंवरले हाकेको उक्त गाडी यहि प्रतिनिधि सभा निर्वाचनको लागि भारतीय सरकारले उपलव्ध गराएको गाडी हो । यस सम्वन्धमा जेलर भेषवहादुर कुंवरसंग सम्पर्क राख्दा उनले दुर्घटना भएको वताउंदै आफुले चालकलाई अर्को सिटमा वसाएर गाडी हांकेको र घाइतेको काठमाडौं ग्राण्डी अन्र्तराष्ट्रिय अस्पतालमा उपचार गरिएको वताए । घाइतेको अवस्था सामान्य रहेको वताउंदै कुंवरले घाइतेको उपचारमा आफैं खटिएको वताए ।

कुंवरले शुक्रवार कार्यालयवाट काठमाडौं जाने क्रममा आफूंले गाडी हांकेका थिए । प्रत्यक्षदर्शीका अनुसार कुंवरले सडकमार्गमा गाडी सिक्ने क्रममा छहरे–टोखा मार्गको व्यस्त सडकमै उक्त दुर्घटना भएको स्थानीयवासीको भनाई छ ।


सर्वाधिक रुचाइएको