शिक्षकहरूका लागि आइटि प्रशिक्षण

– सूचना प्रविधि सम्वन्धि क्षमता विकास कार्यक्रम
लोकखबर
२०८२ फाल्गुन ३०, शनिबार २२:०४

बिदुर– नुवाकोटको तारकेश्वर गाउंपालिकाले शिक्षकहरूका लागि सूचना प्रविधि प्रशिक्षण सन्चालन गरेको छ । तारकेश्वर गापाद्वारा सन्चालित सूचना प्रविधि सम्वन्धि तालिम सम्पन्न भएको हो । तारकेश्वर गापाले आधारभूत तथा मावि तहका आइटी स्रोत शिक्षकहरुका लागि सन्चालित ५ दिने सूचना प्रविधि सम्बन्धि क्षमता विकास तालिम शनिवार सम्पन्न भएको छ ।

तालिमको समापन गर्दै गापा अध्यक्ष शिव अधिकारी ‘अविरल’ले २१औँ शताब्दी सुहाउँदो शिक्षणका लागि सूचना प्रविधिको प्रयोग अनिवार्य हुने बताउँदै तालिमको सिकाइ उपलब्धि अनुसार यस प्रकारको प्रशिक्षण फदायी हुने अपेक्षा गरे । शिक्षकहरुले सूचना प्रविधिसँग अभ्यस्त भएर विद्यार्थीका लागि प्रविधिमा आधारित सिकाइ क्रियाकलापमा जोड दिनुपर्ने वताउंदै अध्यक्ष अधिकारीले प्रविधिमैत्री शिक्षाको विकासका लागि यस्ता तालिम र क्षमता अभिवृद्धिका कार्यक्रम निरन्तर सञ्चालन गरिरहने बताए । ५ दिने तालिम शनिवार सम्पन्न भएको हो ।

अध्यक्ष अधिकारीको निर्देशन अनुरुप आगामी साता थप तीन दिनको तालिम सञ्चालन गर्ने तयारी भइरहेको शिक्षा शाखाले जनाएको छ । गत वैशाखमा पनि तारकेश्वर गापाले आधारभूत तहका शिक्षकहरूका लागि सोही प्रकारको तालिम सञ्चालन गरेको थियो ।

उक्त तालिम, प्रशिक्षण र अभिमुखीकरण कार्यक्रमलाई विभिन्न चरणमा सञ्चालन गर्दै जाने र गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयका शिक्षकलाई प्रविधिसँग अभ्यस्त गराउने योजना अघि बढिसकेको अध्यक्ष अधिकारीले बताए । तालिममा विभिन्न विद्यालयका शिक्षक तथा शिक्षिकाहरुको सहभागिता रहेको थियो ।


सर्वाधिक रुचाइएको