कल्याणपुरमा गाउंघर क्लिनिक
– सर्वसाधारणलाई सुविधा
बिदुर– सर्वसाधारणको स्वास्थ्य सुविधाका लागि नुवाकोटको कल्याणपुरमा गाउंघर क्लिनिक सन्चालन गरिएको छ । यसवाट गाउंवासी खुसी भएका छन् । बिदुर नगरपालिका स्वास्थ्य शाखा अन्तर्गत कल्याणपुर स्वास्थ्य चौकीले विदुर नपा १३ स्थित मानेचौतारामा गाउघर क्लिनिक सन्चालन गरेको हो ।

विदुर नपा कार्यालय र विदुर १३ वडा कार्यालयको सहयोगमा मानेचौतारामा उक्त गाउंघर क्लिनिक सन्चालन गरिएको हो । सर्वसाधारणको गाउं, टोलमै पुगेर स्वास्थ्य परिक्षण तथा उपचार गरिएको स्वास्थ्यकर्मीहरु वताउंछन् । सोे गाउँघर क्लिनिक सेवा सन्चालनवाट गाउंवासीले विभिन्न स्वामस्थ्य उपचार सेवा पाएको कल्याणपुर स्वास्थ्यचौकीले जनाएको छ ।












































