विद्यालय शिक्षा सहयोग कार्यक्रम
बिदुर– विद्यार्थीहरुको अध्ययनमा सहजताका लागि नुवाकोटको दुप्चेश्वरमा विद्यालय शिक्षा सहयोग कार्यक्रम सन्चालन गरिएको छ । यसवाट विद्यार्थी तथा विद्यालयमा अध्ययनमा सहजता आएको छ । सोही सन्दर्भमा आधुनिक शिक्षा, कृषि, महिला, बालबालिका तथा जेष्ठ नागरिक लगायतका क्षेत्रमा काम गर्दै आइरहेको क्रममा प्रविधिमैत्री कक्षा तथा अन्य विद्यार्थीहरूको शैक्षिक गतिविधि व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक पर्ने शैक्षिक सामग्री तथा अन्य आवश्यक सामग्रीहरू प्रदान गरिएको छ ।

ति सामग्रीहरु दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापा, उपाध्यक्ष माकुरी तामाङ, रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीलगायत सम्बन्धित संस्थाका प्रतिनिधिहरुले हस्तान्तरण गरेका हुन् । यसवाट विद्यालयमा विद्यार्थीहरुलाई आधुनिक र प्रविधिमैत्री शिक्षा प्रदानमा सहजता आएको गापा अध्यक्ष थापाको भनाई छ । दुप्चेश्वर गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रमलाई सफल बनाउन सहयोग गर्दै आइरहेका सहयोगी संस्था रुडेक नेपाल, त्यसमा आबद्ध गुड नेभर्स इन्टरनेशनल नेपाल लगायतका संस्थाहरू र दुप्चेश्वर गापाको समन्वयमा गाउँपालिका भित्र विभिन्न सामाजिक क्षेत्रहरूमा शैक्षिक तथा अन्य प्रभावकारी कार्यक्रम सञ्चालन हुँदै आएको सहयोगी संस्था रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीले वताएका छन् ।

उनका अनुसार यस सहयोगले बालबालिकाको सिकाई वातावरण सुधार हुनुका साथै शैक्षिक गुणस्तर अभिवृद्धि हुने अपेक्षा गरिएको छ । दुप्चेश्वर अधिकांश तामाङ तथा शेर्पा समुदायको वहुल्यता भएको धार्मिक पर्यटकिय गापा हो ।













































