रोग पहिचानका लागि गाउंमा अभियान

– विरामीमाझ स्वास्थ्यकर्मी
लोकखबर
२०८२ चैत्र २, सोमबार ०१:२०

बिदुर– विरामीहरुको पहिचानका लागि नुवाकोटको बेलकोटगढी नगरपालिकामा स्वास्थ्य प्रवद्र्धन कार्यक्रम सन्चालन गरिएको छ । यसवाट गाउंवासी लाभानिवत भएका छन् ।

वेलकोटगढी नपाको स्वास्थ्य तथा सामाजिक शाखाको आयोजनामा आइतवार ३० वर्ष भन्दा माथिका सबै व्यक्तिहरुको स्वास्थ्य अवस्था पहिचान गरिएको हो । दुई स्थानमा गरिएको कार्यक्रममा सर्वसाधारणको रक्तचापको मापन, मधुमेहको परिक्षण, मृगौला सम्बन्धि रोगको स्क्रिनिंग, तौल तथा उचाईको आधारमा मापन, नसर्ने रोगहरुको पहिचान, जोखिम तत्व जस्तै सुर्तीजन्य पदार्थ र मदिराको सेवन, अस्वस्थ्यकर खानपिन, शारीरिक निष्कृयताको रोकथाम, नियन्त्रण तथा नियम सम्बन्धि परामर्श सम्वन्धि कार्यक्रम गरिएको हो ।

बेलकोटगढी नपा स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्र निरन्जना र बेलकोटगढी ११ स्थित कालिका आविमा उक्त कार्यक्रम गरिएको सो नपाको स्वास्थ्य शाखाले जनाएको छ । यस कार्यक्रमवाट ग्रामीण भेगका सर्वसाधारण लाभान्वित भएको र यसलाई निरन्तरता दिइने मेयर जगतवहादुर गुरुङले वताएका छन् ।

 


सर्वाधिक रुचाइएको