रोग पहिचानका लागि गाउंमा स्वास्थ्यकर्मी
बिदुर – बिरामीहरुको सुविधाका लागि नुवाकोटको बेलकोटगढी नगरपालिकामा विरामी पहिचान कार्यक्रम सन्चालन गरिएको छ । यसवाट गाउंवासी लाभान्वित भएका छन् ।

वेलकोटगढी नपाको स्वास्थ्य तथा सामाजिक शाखाको आयोजनामा वुधवार उक्त नपाको शेरामा स्वास्थ्य अवस्था पहिचान गरिएको हो । उक्त कार्यक्रममा सर्वसाधारणको रक्तचापको मापन, मधुमेहको परिक्षण, मृगौला सम्बन्धि रोगको स्क्रिनिंग, तौल तथा उचाईको आधारमा मापन, नसर्ने रोगहरुको पहिचान, जोखिम तत्व जस्तै सुर्तीजन्य पदार्थ र मदिराको सेवन, अस्वस्थ्यकर खानपिन, शारीरिक निष्कृयताको रोकथाम, नियन्त्रण तथा नियम सम्बन्धि परामर्श सम्वन्धि सेवा प्रदान गरिएको हो ।

बेलकोटगढी नपा १ स्थित ग्रामीण स्वास्थय स्वास्थ्य सेवा इकाई शेरामा उक्त कार्यक्रम गरिएको सो नपाको स्वास्थ्य शाखाले जनाएको छ । यस कार्यक्रमवाट ग्रामीण भेगका सर्वसाधारण लाभान्वित भएकोे मेयर जगतवहादुर गुरुङले वताएका छन् ।

बेलकोटगढी नगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास शाखाको आयोजनामा नसर्ने रोग सम्बन्धि स्क्रिनिङ शिविर तथा जनचेतना कार्यक्रम सो नपाको १३ वटै वडामा सम्पन्न भएको छ । कार्यक्रममा बेलकोटगढी नपा स्वास्थ्य शाखाकी गरिमा जोशीसहित विभिन्न स्वास्थ्यकर्मीहरूको टोलीले विरामीहरुको सहजीकरण गरेका थिए ।
















































