शिविरमा ज्येष्ठ नागरिक तथा महिला
बिदुर – हड्डी सम्बन्धी समस्याको पहिचान तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले नुवाकोटको त्रिशूली अस्पतालमा ओस्टियोपोरोसिस शिविर गरिएको छ । उक्त वृहत शिविरमा ज्येष्ठ नागरिक तथा महिलाहरु लाभान्वित भएका छन् ।

बिदुर नपा ९ कोलोनी वाघटारस्थित त्रिशूली अस्पतालमा दुई दिनसम्म सञ्चालन गरिएको ओस्टियोपोरोसिस शिविरबाट एकसय ज्येष्ठ नागरिक तथा महिलाले सेवा लिएको त्रिशूली अस्पतालले जनाएको छ । शिवरमा विशेषगरी महिलाहरू र ज्येष्ठ नागरिकमा देखिने ओस्टियोपोरोसिस रोगको जोखिम कम गर्न समयमै जाँच र सचेतना आवश्यक रहेको चिकित्सकहरूले बताएका छन् ।

शिविरमा एकसय जना ज्येष्ठ नागरिक र महिलाले स्वास्थ्य जाँच तथा निःशुल्क उपचार सेवा लिएको अस्पतालका पम््रुख डा. राजेन्द्र लामाले वताएका छन् । हड्डी सम्बन्धि समस्याको पहिचान तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सन्चालित शिविरमा निःशुल्क जाँच तथा परामर्श सेवा प्रदान गरिएको हो ।

उक्त शिविरमा स्वास्थ्य सेवा सुविधासहित जनस्वास्थ्य प्रवद्र्धनका कार्यक्रम तथा परामर्शसमेत प्रदान गरिएको अस्पतालका अध्यक्ष उपेन्द्र वुढाथोकीले वताए सेवाग्राहीले स्वास्थ्य सुविधामा पहुँच पुगेर निःशुल्क सेवा पाएकोमा खुसी व्यक्त गरेका छन् ।














































