ज्येष्ठ सिलाई व्यवसायी सम्मानित

– धनकुमारी र रामजीलाई सम्मान
लोकखबर
२०८२ चैत्र ६, शुक्रबार २३:४२

बिदुर – नुवाकोटका सिलाई पेशामा आवद्ध ज्येष्ठ नागरिक सम्मानित भएका छन् । नेपाल कपड़ा तथा सिलाई व्यवसायी महासंघले जेष्ठ सिलाई व्यवसायीलाई सम्मान गरेको हो । महासंघले कार्यक्रमकावीच नुवाकोटका दुई जना सिलाई ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

महासंघको आफ्नो सातौं स्थापना दिवसको अवसर पारेर बागमती प्रदेशका २२ जना ज्येष्ठ नागरिक सिलाइ उद्यमी छनौट गरि सम्मान गरेको संघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले बताए । ज्येष्ठ नागरिक सिलाई व्यवसायी सम्मानित हुनेमा विदुर नगरपालिका ९ कोलोनीकी धनकुमारी नेपाली र सुर्यगढी गाउँपालिका–१ का रामजी दमाई रहेका छन् ।

उनीहरू दुवै जना ज्येष्ठ नागरिक हुन् भने आगामी दिनमा नुवाकोटमा पनि यसरी नै विविध कार्यक्रम आयोजना गरी सिलाई व्यवसायीलाई हौसला प्रदान गरिने नेपाल कपडा तथा सिलाई व्यवसायी संघ नुवाकोटका अध्यक्ष कमल नेपालीले जानकारी दिए ।


सर्वाधिक रुचाइएको