महिलालाई सिपमुलक कार्यक्रम
बिदुर- महिलाहरुलाई नुवाकोटको बेलकोटगढीमा सिपमुलक कार्यक्रम सन्चालन गरिएको छ । यससंगै महिलाहरु स्वरोजगार भई आत्मनिर्भरतामा अगाडि वढेका छन् ।

बेलकोटगढी नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको संयोजनमा बेलकोटगढी १० मा सन्चालित चार महिना अवधिको एड्भान्स सिलाइकटाई तालिम सम्पन्न भएको छ । तालिमका सहभागी महिलाहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

सहभागी गृहिणी तथा साना उद्यमी महिलाहरुलाई सहजकर्ता सहारा धितालडोटेलले सिलाइकटाइको सैद्धान्तिक र प्रयोगात्मक सिप सिकाएकी हुन् । उनले सहभागी महिलाहरुलाई १९ प्रकारको सिलाई कटाइका सम्वन्धमा प्रशिक्षण दिएकी हुन् ।

सहभागीहरुलाई तालिम समापनका क्रममा बेलकोटगढी १० का वडाध्यक्ष प्रल्हाद थपलिया, बेलकोटगढी नपाकी उद्योग शाखाकी कमला सुर्यवंशीमगर, प्रशिक्षक सहारा धितालडोटेललगायतले प्रमाणपत्र प्रदान गरे । महिलाहरुले सिप सिकेर त्यसलाई व्यहारमा उतारी स्वरोजगार र आयआर्जन गर्न जोड दिइएको छ ।



















































