४५ घरधुरीलाई खानेपानी सुविधा
– वांझोवारीमा उद्घाटन
बिदुर – गाउंवासीको सुविधाका लागि नुवाकोटको बांझोवारीमा पिउने पानीको योजना निर्माण गरिएको छ । उक्त योजनाको कार्यक्रमकावीच उद्घाटन गरिएको छ ।

विदुर नगरपालिका १२ स्थित बांझोबारीमा निर्मित पिउने पानी योजनाको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य रामचन्द्र पौडेल, विदुर नपाकी उपमेयर प्रभा वोगटी, वडाध्यक्ष उपिन्द्र खड्का, सहयोगी संस्थाका पदाभिकारी तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

उक्त योजनावाट स्थानीय ४५ घरधुरीलाई सुविधा पुगेको छ । कुल १३ लाख रुपैयाको लागतमा एक घर/एक धारा योजना अन्र्तगत उक्त योजनाको निर्माण गरिएको हो । विदुर नपासंगको सहकार्यमा लिभिङ वाटरमार्फत विदुर–१२ मा हालसम्म २ सय २१ घरधुरीमा पिउनेपानी सुविधा पुगेको छ ।















































