तादीको १८ औं अधिवेसन सम्पन्न
बिदुर- विभिन्न विषयहरु संशोधनसहितको निर्णय गर्दै नुवाकोटको तादी गाउँपालिकाको गाउँ सभाको १८ औं अधिवेशन सम्पन्न भएको छ । गापाको उक्त सभाको पहिलो बैठकले विभिन्न निर्णयहरु संशोधनसहित गरेको छ ।

तादी गापाका अध्यक्ष सन्तमान तामाङको सभाध्यक्षतामा चालु आव २०८२/०८३ को बार्षिक बजेट, योजना तथा कार्यक्रम संसोधन गरी रकमान्तर तथा शिर्षकान्तर गर्ने प्रस्ताव पारित भएको गापा कार्यालय खरानीटारले जनाएको छ ।

यसका साथै चालु आव २०८२/०८३ मा पालिकाका् न्यायिक समितिबाट हालसम्म भएका क्रियाकलापहरुको प्रतिवेदन, चालु आवमा गापा र वडाबाट हालसम्म उठेका राजश्वहरुको प्रगति विवरण सभा समक्ष तादी गापाका न्यायिक समितिका संयोजक, राजश्व परार्मश समितिका संयोजक, सभाका सदस्य तथा तादी गापा उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठमार्फत सभामा पेश भई सर्बसम्मतिले स्वीकृत समेत भई सम्पन्न भएको हो ।















































