समूह सुदृढीकरण र तरकारी व्यवस्थापन प्रशिक्षण
बिदुर – सहकारीकर्मी तथा किसानहरुको क्षमता विकासका लागि नुवाकोटको वेलकोटमा दुई प्रशिक्षण दिइएको छ । एकै पटक समूह सुदृढीकरण र तरकारी व्यवस्थापन प्रशिक्षण दिइएको हो ।

स्थानीय पाथिभरा महिला साना किसान कृषि सहकारी बेलकोटको आयोजना र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिको आर्थिक सहयोगमा समूह सुदृढीकरण र तरकारी व्यवस्थापन प्रशिक्षण सम्पन्न भएको हो । तालिमका सहभागी सहकारीकर्मी, किसान, महिलाहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

सहभागीहरुलाई जीवनपुर साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष राजेश रुचाल र प्रबन्धक रमेश रुपाखेतीले समूह सुदृढीकरण तथा बेलकोटगढी नपाका कृषि प्राविधिक मधुसुधन पाण्डेले कृषि तथा तरकारी व्यवस्थापन तालिमको सहजीकरण गरेको संस्थाकी अध्यक्ष शान्ता तिवारीले जानकारी दिइन् । उनले तालिमको सिपलाई व्यवहारमा उतारी आयआर्जन र स्वरोजगारमा क्रियाशील हुनुपर्नेमा जोड दिइन् ।





















































