विद्यार्थी तथा खेलाडिलाई दुर्घटना विमा
बिदुर– नुवाकोटको विदुर नगरपालिकाले विद्यार्थी तथा खेलाडिहरुलाई दुर्घटना विमा हस्तान्तरण गरेको छ । यसवाट उनीहरुलाई सुविधा पुगेको छ । सम्बन्धित बीमा कम्पनीबाट प्राप्त बीमा दाबी रकम सोमवार आयोजित कार्यक्रम मार्फत विद्यार्थी तथा खेलाडिलाई वितरण गरिएको हो ।
उक्त कार्यक्रममा विद्यार्थी दुर्घटना र प्रथम विदुर मेयर कप अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिताका क्रममा लडेर घाइते भएका खेलाडी तथा विद्यालय दुर्घटना बीमा अन्तर्गतका बिमित विद्यार्थीहरूलाई दाबी गरे बमोजिमको रकम प्रदान गरिएको हो । मेयर राजन श्रेष्ठले दुर्घटना विमा वापतको रकम हस्तान्तरण गरे । उनले यस कार्यक्रमले विद्यार्थी तथा खेलाडिहरुको स्वास्थ्य सुरक्षामा सहयोग पुगेको दावी गरे ।

उक्त कार्यक्रमको मुख्य उद्देश्य खेलकुद तथा शैक्षिक क्षेत्रमा संलग्न व्यक्तिहरूलाई आकस्मिक दुर्घटनाबाट भएको क्षतिप्रति आर्थिक राहत उपलब्ध गराउनु, उनीहरूको मनोबल अभिवृद्धि गर्नुका साथै बीमा प्रणालीप्रति जनचेतना अभिवृद्धि गर्नु रहेको विदुर नपाले जनाएको छ । कार्यक्रम अन्तर्गत भुक्तानी प्राप्त गर्ने लाभग्राहीहरूमा खेलाडी (क्रिकेट प्रतियोगिता अन्तर्गत) का सुरज गिरीलाई ५२ हजार २ सय ८३ रुपैया र . विद्यार्थी (विद्यालय दुर्घटना बीमा अन्तर्गत) पृथ्वी माविका सम्राट रानामगर रहेका छन् ।
मगरलाई दुर्घटना विमा वापतको २ हजार पांचसय रुपैया प्रदान गरिएको छ । यस प्रकारको कार्यक्रमले नगरपालिकाको सामाजिक सुरक्षा तथा जोखिम न्यूनीकरणका प्रयासहरूलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ । विमा रकम हस्तान्तरण कार्यक्रममा विदुर नपाका अधिकृत हरिप्रसाद प्याकुरेल, विदुर ५ का वडाध्यक्ष लीलानाथ नयौपाने, विमा शाखाका कर्मचारी, हिमालयन एभरेष्ट इन्स्योरेन्स बट्टारका प्रमख श्रीकृष्ण आचार्यलगायतको सहभागिता रहेको थियो ।












































