कुलोमा लडेर वृद्धको ज्यान गयो

– शव परिक्षणका लागि अस्पतालमा
लोकखबर
२०८२ चैत्र १६, सोमबार २३:४१

बिदुर– नुवाकोटको पुर्वी भेगमा रहेको शिवपुरीमा खेतमा पानी लगाउने कुलोमा लडेर स्थानीय एक वृद्धको ज्यान गएको छ । शव परिक्षणका लागि अस्पतालमा राखिएको छ । शिवपुरी गाँउपालिका ८ सत्तरीमा स्थानीय .६० वर्षिय रामशरण गिरी खेतको कुलोमा लडेर सोमवार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

खेतमा पानी लगाउने ठुलो कुलोमा डुवेर मृत्यु भएको अवस्थामा वृद्ध गिरीको शव फेला परेको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए । उनका अनुसार जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान अधिकृत सहितको टोली घटनास्थल पुगेर घटनास्थल लाशजाँच मुचुल्का संकलन गरिएको छ । शव पोष्टमार्टमका लागि त्रिशूली अस्पताल नुवाकोटमा राखिएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको नुवाकोट प्रहरीले जनाएको छ ।


सर्वाधिक रुचाइएको