बट्टारमा वृहत रक्तदान

– रगतको अभाव समाधानको पहल
लोकखबर
२०८२ चैत्र १९, बिहीबार ०१:४६

बिदुर – रगतको अभाव हुन नदिनका लागि नुवाकोटकको बट्टारमा वृहत रक्तदान गरिएको छ । विभिन्न क्षेत्र तथा समुदायका व्यक्तिहरुले रक्तदान गरेका छन् ।

समृद्ध नुवाकोट र युनाटेड युथ क्लबद्वारा संयुक्र रुपमा वुधवार वट्टारको संगमचोकमा आयोजित रक्तदान कार्यक्रममा २६ जना रक्तदाताहरुले रक्तदान गरेका हुन् । रगतको अभावलाई पुरा गर्नका लागि सामाजिक उद्धेश्यले रक्तदान गरिएको आयोजक समृद्ध नुवाकोटका पुर्णमानकुमार श्रेष्ठले जानकारी दिए ।

रेडक्रस नुवाकोटको रक्त सञ्चार केन्द्र कोलोनीको प्राविधिक सहयोग रक्तदान कार्यक्रम गरिएको हो । रक्तदान कार्यक्रमलाई दाह्री ग्याङ्ग नुवाकोट, नेपाल बजार तथा विक्रि प्रतिनिधि संघ नुवाकोट धादिङ एकाइलगागत विभिन्न सामाजिक संघ संस्था र नुवाकोट रेडक्रसको सहयोग रहेको थियो ।


सर्वाधिक रुचाइएको