अनटेष्ट विद्युतीय माइक्रो दुर्घटनामा

– अनुसन्धान जारी
लोकखबर
२०८२ चैत्र १९, बिहीबार २२:३१

बिदुर – नुवाकोटवाट काठमाडौं प्रवेशको छोटो दुरीको गंगटे–छहरे–टोखा सडकखण्डमा एउटा अनटेष्ट विद्युतीय माइक्रो दुर्घटनामा परेको छ । प्रहरीले दुर्घटनाको अनुसनधान सुरु गरेको छ ।

उक्त सडकमार्गअन्तर्गत शिवपुरी गाउंपालिका ८ काफलडाँडामा एउटा विद्युतीय माइक्रो दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । दुर्घटनाग्रस्त माइक्रोका सम्वन्धमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक विक्रम लामाको भनाई छ ।

चीन हुदै रसुवागढीबाट भन्सार पास गरेर नुवाकोटको बिदुर हुंदै काठमाडौं लैजादैै गरेको सो विद्युतीय माइक्रो उक्त स्थानमा दुर्घटनामा परेको स्थानीयवासीले जानकारी दिएपछि प्रहरी दुर्घटनास्थल पुगेको थियो । दुर्घटनास्थलमा प्रहरीले कोहीस् पनि फेला पारेन भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सर्वाधिक रुचाइएको