सांढे १० वर्षमा फरार अभियुक्त पक्राउ
– कैदका लागि कारागार चलान
बिदुर – अदालतवाट मुद्धामा दोषी ठहर भई फरार रहेका एक जना अभियुक्तलाई प्रहरीले सांढे १० वर्षमा पक्राउ गरेको छ । कैदका लागि कारगार चलान गरिएको छ ।

चोरी मुद्धामा रसुुवा जिल्ला अदालत धुन्चेवाट गत २०७२ साल कार्तिक २६ गते दोषी ठहर भई कैद तथा जरिवाना असुल गर्न वांकी भई फरार रहेका रसुवाकै आमाछोदिङ्मो गाउंपालिका २ घर भएका ३० वर्षिय पेम्वानोर्साङ तामाङलाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक रमेश रायले जानकारी दिए । उनका अनुसार २३ दिन कैद भुक्तान वांकी रहेका फरार रहेका तामाङलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।










































