बिदुरको १८ औं अधिवेसन
बिदुर – नुवाकोटको सांढे तीन दशक पुरानो विदुर नगरपालिकाको नगर सभाको १८ औं अधिवेशन सम्पन्न भएको छ । बिदुरस्थित नपाको सभाहलमा शुक्रवार सम्पन्न अधिवेसनले विभिन्न निर्णयहरु सर्वसम्मत गरेको छ । नगर सभाको उक्त अधिवेसनले विभिन्न सात वटा निर्णयहरु पारित गरेको छ ।

जसमध्ये वार्षिक आयोजना तथा कार्यक्रम संशोधन, सहकारी ऐन २०७४ को पहिलो संशोधन, आर्थिक ऐन २०८२ को पहिलो संशोधन, विदुर नपाभित्र रहेका धार्मिक संघसंस्थाहरुको आयव्यव विवरण संकलन गर्नेलगायतका निर्णयहरु अधिवेसनाले गरेको छ । नगर सभा सदस्य श्रीकृष्ण रिजालको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति गठन, नगर भित्रका सहकारीहरुको अनुगमन गर्न लेखा शाखा प्रमुख प्रकाश वोगटीको संयोजकत्वमा तीस्न सदस्यीय अनुगमन समिति गठन गर्ने निर्णय नगर सभाको अधिवेसनले र्विसम्मत रुपमा पारित गरेको छ ।

विदुर नपाका मेयर राजन श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न अधिवेसनले उक्त निर्णयहरु पारित गरेको हो । साथै अधिवेसनले चालु आर्थिक वर्षका लागि वजेट रकमान्तर गर्ने निर्णयसमेत गरेको छ । कुल ६ करोड रुपैया वजेट नगर सभाको अधिवेसनले रकमान्तरसहित पारित गरेको छ ।

अधिवेसनले नगरभित्र रहेको सहकारीमध्ये तीन वटा सहकारीहरुलाई सम्मानित गरेको छ । विभिन्न सूचकहरुका आधारमा मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा वोगटी, प्रमुख प्रशासकिय अधिकृत शुभाकर पौडेललगायतले सहकारीहरुलाई दोसल्ला ओढाउनुका साथै सम्मानपत्रद्वारा सम्मानित गरेका हुन् ।

नगर सभिाको अधिवेसनमा नीतिगत निर्णयहरूको अनुमोदन, बजेट तथा कार्यक्रमहरूको परिमार्जन, श्र्रोत–साधनको प्रभावकारी व्यवस्थापन तथा कार्यान्वयनको सुनिश्चितता गर्ने निर्णय भएको मेयर राजन श्रेष्ठको भनाई छ । नगर सभामा २०८२ साल चैत २० गतेसम्मको आम्दानी तथा खर्चको विवरण प्रस्तुत गरिनुका साथै आर्थिक वर्ष २०८२/०८३ को नगरस्तरीय तथा वडास्तरीय आयोजना तथा कार्यक्रमहरू आवश्यक संशोधन तथा रकमान्तरसहित पारित गरिएको हो ।














































