सहकारी दिवसमा सम्मान

– सन्चालक, कर्मचारी तथा सहकारी सम्मानित
लोकखबर
२०८२ चैत्र २१, शनिबार २२:३२

बिदुर – नुवाकोटमा विभिन्न कार्यक्रम गरि ६९ औँ राष्ट्रिय सहकारी दिवस मनाइएको छ । जिल्ला सहकारी संघले विविध कार्यक्रमका साथ नुवाकोटको बिदुरमा दिवस मनाएको हो । “उद्यमशीलता र पारदर्शिता ः सहकारीको प्राथमिकता” भन्ने नारासहित मनाइएको दिवसका अवसरमा सहकारी, कर्मचारी तथा सहकारीका सन्चालकलाई विशेष कार्यक्रमसहित सम्मान गरेको हो ।

कार्यक्रममा सहकारी क्षेत्रका सदस्य तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । १२ स्थानीय तह रहेको नुवाकोटमा जिल्ला सहकारी संघमा तीन सय सहकारी संलग्न रहेका छन् । कार्यक्रममा उत्कृष्ट सहकारी, उत्कृष्ट सन्चालक, उत्कृष्ट व्यवस्थापक, उत्कृष्ट कर्मचारीहरुलाई सम्मानित गरिएको थियो ।

जिल्ला सहकारी संघ नुवाकोटको आयोजना तथा बाग्मती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको आर्थिक सहयोगमा ६९ औं राष्ट्रिय सहकारी दिवस बिभिन्न कार्यक्रमहरु गरी सम्पन्न भएको हो । उक्त अबसरमा नुवाकोट ५४ वटा सहकारी संस्थाहरुलाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम ,खुल्ला दौड प्रतियोगिता साथै उत्कृष्ट सहकारी संस्था, सचालक साथै कर्मचारी लाई सम्मान प्रदान गरिएको हो ।

सहकारी संघका अध्यक्ष शिव अधिकारीले सहकारीलाई नेतृत्व, कर्मचारी तथा सदस्यहरुले संस्थालाई आर्थिक रूपमा मजबुत बनाउनुका साथै सदस्यहरूबीच विस्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुगेको बताए । कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले उत्कृष्ट सहकारी, व्यवस्थापक, नेतृत्व तथा कर्मचारीलाई दोसल्ला ओढाई कदरपत्रसहित सम्मान गरेका थिए ।

 


सर्वाधिक रुचाइएको