गोल्डकपको उपाधि ‘मकवानपुर ११ लाई’

लोकखबर
१६ चैत्र २०७५, शनिबार १९:२९

मकवानपुर । मकवानपुरको हेटौंडामा शनिबार भएको दोस्रो सहीद स्मृति मकवानपुर गोल्डकप मकवानपुर ११ ले जितेको छ । क्यामरुनी टोली दाउफिन्स २-१ ले हराउँदै मकवानपुर ११ ले उपाधी उचालेको हो ।

फाइनल खेलको दास्रो हाफको अन्तीमसम्म १-१ गोलको बराबरीमा भएको खेलमा मकवानपुर ११ ले दोस्रो हाफको ३८ औं मिनेटमा गरेको गोल निर्णायक बनेको हो । प्रतियोगितामा विजयी बनेको मकवानपुर ११ ले रु ८ लाखसहित विभिन्न पुरस्कार प्राप्त गरेको छ ।

सहिद स्मृति गोल्डकपको पहिलो संस्करण वि.सं.२०६४ सालमा हेटौंडामा भएको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*