दुर्घटनामा युवकको मृत्यु

– जात्रा हेरेर घर फर्कदै गर्दा दुर्घटना
लोकखबर
२०८२ चैत्र २२, आईतवार १५:२३

बिदुर – नुवाकोटको दरवार क्षेत्र नजिकै दुर्घटना हुंदा एक युवकको ज्यान गएको छ । पुरानो सदरमुकाम नुवाकोट दरबार क्षेत्र नजिकै भित्रिवजारमा स्कुटर दुर्घटनामा एक युवकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

बिदुर नगरपालिका २ भैरबीेटोल बजारस्थित भित्रि सडक खण्डमा भैरबीबाट खानीगाँउतर्फ जाने क्रममा प्र.३–०२–००७प९७३३ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुदाँ स्कुटर चालक नुवाकोटकै लिखु गाउंपालिका १ खानीगाँउ का ३५ वर्षिय ईन्द्रबहादुर थापामगरको मृत्यु भएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए । उनका अनुसार दुर्घटनाग्रस्त स्कुटर सडकमार्गेबाट तीन मिटर तल बाटोमा खसी स्कुटर चालक थापामगर गम्भीर घाईते भई उपचारको लागी त्रिशूली अस्पताल नुवाकोट लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ । मृतक थापमगर नुवाकोट दरवार क्षेत्र र भैरवी मन्दिर परिसरमा भएको सिन्दुरे जात्रा मनाएर घर फर्कने क्रममा दुर्घटनामा परेको प्रत्यक्षदर्शीहरुको भनाई छ ।


सर्वाधिक रुचाइएको