ट्रिपरले ठक्कर दिंदा युवकको मत्यु

– गाडी र चालक नियन्त्रणमा
लोकखबर
२०८२ चैत्र २३, सोमबार १०:४७

बिदुर – नुवाकोटको पुर्वी भेगमा रहेको ओखरपौवाको कागतीगाउंमा ट्रिपरले ठक्कर दिंदा स्थानीय एक युवकको मृत्यु भएको छ । प्हरीले गाडी र चालक नियनत्रणमा लिएको छ ।

सदरमुकाम बिदुरदृेखि ५५ किलोमिटर दुरीमा रहेको ककनी गाउंपालिका १ कागतीगाँउस्थित तीनपिप्ले बन्चरेडाँडा ल्याण्डफिल्डसाइट जाने सडकखण्डमा सोमवार राती ट्रिपरले ठक्कर दिदा स्थानीय २९ वर्षिय सुजन बलामीको मृत्यु भएको ककनी १ का वडाध्यक्ष पदमवहादुर बलामीले जानकारी दिए । मृतकको घर अगाडि दुर्घटना भएको हो ।

प्रहरीले बाप्र०१–००३क७९७१ न.को ट्रिपर र ट्रिपर चालक ककनी गापा १ का २४ वर्षिय नवीन बलामीलाई नियन्त्रणमा रहेको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए । घटनापछि आक्रोशित स्थानीयवासी, मृतकका आफन्त, परिवारजन तथा सर्वसाधारणले मृतकको शव सडकमै राखेर दोषीमाथि कारवाहीको माग गरेको वडाध्यक्ष पदमवहादुर बलामीले वताए ।


सर्वाधिक रुचाइएको