दुर्घटनामा युवती गम्भीर घाइते

– काठमाडौंमा उपचार जारी
लोकखबर
२०८२ चैत्र २३, सोमबार २२:३५

बिदुर– नुवाकोटको शिलट्याङकीमा स्कुटर दुर्घटना भएको छ । दुर्घटनामा एक युवती घाइते भएकी छन् । बिदुर नगरपालिका ९ शिलट्याङकीस्थित सडकखण्डमा शिलट्याङकीबाट बिदुरतर्फ जादै गरेको बा५६प७६४६ नं.को स्कुटर सडक छेउको बिजुलीको पोलमा ठक्कर खाई दुर्घटना हुंदा एक युवत िसख्त घाइते भएको जिलला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

स्कुटर अनियन्त्रित भई सडकबाट १५ मिटर तल खस्दा नुवाकोटकै किस्पाङ गापा १ भाल्चेकी १७ वर्षिया पुर्णिमा घले सख्त घाइते भएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए । उनका अनुसार युवतीको बाँया खुट्टा र टाउकोमा चोट लागेर बोल्न नसक्ने गम्भिर घाईते भई उपचारको लागि तत्काल त्रिशूली अस्पताल नुवाकोट पठाइएको थियो । त्रिशूली अस्पतालमा उपचार गरि थप उपचारका लागि सोमवार वेलुकी काठमाडौ लगेर केएमसि अस्पतालमा उपचार भइरहेको छ ।


सर्वाधिक रुचाइएको