श्रीमती निर्घात् कुट्ने युवक पक्राउ

– घाइतेको अस्पतालमा उपचार जारी
लोकखबर
२०८२ चैत्र २३, सोमबार २२:३९

बिदुर– नुवाकोटको कानथुममा श्रीमानले श्रीमतीलाई आक्रमण र निर्घात् कुटपिट गरि सख्त घाइते वनाएका छन् । कुटपिट गर्ने युवक पक्राउ परेका छन् । सदरमुकाम बिदुरदेखि ३० किलोमिटर उत्तरपुर्वमा रहेको सुर्यगढी गाउंपालिका ४ कानथुममा ४० वर्षिय मंगल तामाङलाई श्रीमतीलाई निर्घात् कुटपिट गरि सख्त घाइते वनाएका कारण पक्राउ गरि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

मंगलले यहि मिति चैत्र २१ गते राती नौ बजेको समयमा ३२ वर्षिया श्रीमती सुस्मा तामाङलाई आक्रमण गरि सऋत घाइते वनाएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए । उनका अनुसार घरायसी बिवादमा मंगलले मादक पदार्थ सेवन गरी श्रीमतीलाई निर्घात् कुट्पिट गरी सख्त घाइते वनाएकोमो घाइते सुष्माको त्रिशूली अस्पताल नुवाकोटमा उपचार गरि थप उपचारको लागी काठमाडौ ट्रमा सेन्टरमा पठाई उपचार भइरहेको छ । मंगललाई हिरासतमा राखेर घटनाका सम्वन्धमा थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।


सर्वाधिक रुचाइएको