सिन्दुर हालेर मनाइयो ‘सिन्दुरे जात्रा’

हजारौंको सहभागिता रह्यो पांचसय वर्ष पुरानो मेलामा
लोकखवर विशेष संवाददाता
२०८२ चैत्र २३, सोमबार २३:१०

बिदुर– पांचसय वर्ष भन्दा पुरानो नुवाकोटको ऐतिहासिक तथा धार्मिक स्थल भैरवी मन्दिर परिसरमा सञ्चालित नुवाकोटकै विशेष सिन्दुरे जात्रा मनाइएको छ । लामो अवधिको यस जात्रा नुवाकोटमा विशेष रुपमा मनाइने गरिएको छ । नुवाकोटका साथै नेपालकै लामो दुरीको रथ यात्रा गरिने सिन्दुरे जात्रा डेढ महिनासम्म नुवाकोटको भैरवी र जालपादेवी मन्दिरमा भव्य रुपमा लाग्ने गरेको छ ।  नेपाल सरकारको प्रतिनिधि द्वारेले भैरवी मन्दिरका पुजारी धामीधमिनीलाई विजयको प्रतिक स्वरुप सिन्दुर हालेर शनिवार वैशाख शुक्ल द्वितियाको दिन यस वर्षको सिन्दुरे जात्रा गरिएको हो ।

प्रसिद्ध देवीघाटको जालपा देवी मन्दिर र नुवाकोटको भैरवी मन्दिरमा भगवानको दर्शन गर्न तथा धामी धमिनी हेर्न र दर्शन गर्न नुवाकोटको विभिन्न स्थानसहित रसुवा, धादिङ, काठमाडौ, चितवनलगायतका जिल्लाका हजारौं भक्तजनहरु तथा जात्रालुहरुको सहभागिता रहेको थियो । नुवाकोटको मुख्य तथा ऐतिहासिक बैशाख पूर्णिमा जात्राको विशेष मेलाको रौनक सिन्दुर ग्रहण गरेर शनिवार विशेष रुपमा मनाइएको हो । प्रसिद्ध साततले दरबार राष्ट्रिय संग्रहालय क्षेत्रमा रहेको भैरवी मन्दिरमा पांच सय वर्ष पुरानो प्रसिद्ध सिन्दुरे जात्रा सोमवार भैरवी मन्दिर परिसरमा हजारौं जात्रालुहरुको घुंइचो लागेको थियो ।  नुवाकोटको सवै भन्दा ठुलो यस मेला वैशाख शुक्ल द्वितियाका दिन लागेको सिन्दुरे जात्राको मेलामा भैरवी मन्दिर र गुहृय पाटी अगाडि दुई स्थानमा सल्लाको लिङ्गो ठड्याएपछि सुरु हुन्छ र लिङ्गो ढालेपछि सकिन्छ ।

द्वितियाको दिन भैरवी मन्दिरमा सिन्दुर जात्रा र राती धामीले बली पनि लिने गर्दछन् ।  पांच सय बर्ष भन्दा पुरानो र महत्वपुर्ण यस जात्राको मुख्य आकर्षण भैरवी मन्दिरमा धामी धमिनि, सरकारी कर्मचारी, नेपाली सेना र सर्वसाधारणले सिन्दुर जात्रा गरेर मनाइएको हो ।  यस अघि, वैशाख शुक्ल पूर्णिमाको दिन नै साततले दरवार राष्ट्रिय संग्रहालयसँगै रहेको भैरवी मन्दिरमा दुई दिनपछि द्वितियाको दिनमा भएको सिन्दुरे जात्राको निम्तो स्वरुप बहिनी भैरवीले दिदी जालापादेवीलाई निम्तो (बोलाउन) गएको भन्ने किंवदन्ती रहेको छ ।  किम्वदन्ती अनुसार जालपादेवीसहित भैरवी मन्दिरमा आएपछि दिदी आएको अवसरमा सिन्दुरे जात्रा गरि हर्षबढाई गरिएको हो ।

सिन्दुरे जात्रा २०८२ सालमा दुई पटक परेको छ । तिथी अनुसार सिन्दुरे जात्रा यहि २०८२ सालको वैशाख १ गते र अहिले चैत्र २१ गते शनिवार परेको भैरवी मन्दिरका द्वारे महेन्द्रकुमार शाहीको भनाई छ । जालपादेवीबाट फर्किएका धामी धमिनीको जोडीसहित हजारौंको लावालस्कर स्थानीय धरमपानीको पाटीबाट बाजागाजासहित भैरवी मन्दिर प्राङ्गणमा पुगेपछि सिन्दुरे जात्रा गरिन्छ । भैरवीको मन्दिरबाट बाजागाजा र सैनिक टुकडीसहित सिन्दुर जात्रा गर्दै तलेजु भवानीको मन्दिरमा रथ भित्र्याइएको भैरवी मन्दिरका द्वारे महेन्द्रकुमार शाहीको भनाई छ ।

यस अघि, देवीघाटस्थित जालपा देवी मन्दिरमा पुगेका धामी धमिनीसहित भैरवी मन्दिरको रथ नुवाकोट भैरवी मन्दिर परिसरमा पु¥याएपछि सिन्दुर हालेर सिन्दुरे जात्रा मनाइएको हो । द्वारे महेन्द्रकुमार शाहीले भैरवी मन्दिरका पुजारी धामी हरिमानसिह डंगोललाई विजयको प्रतिक स्वरुप सिन्दुर हालिदिए लगत्तै धामीले सरकारी कर्मचारी तथा सर्वसाधारणलाई सिन्दुर प्रदान गर्ने परम्परा रहेको छ ।  देवीघाटबाट नुवाकोटको लागि प्रस्थान गरिएको धामी धमिनी तथा रथ यात्रा पूजा परम्परा अनुसार नुवाकोट भैरवी मन्दिर परिसरमा पु¥याइएको हो ।  नुवाकोट भैरवी मन्दिर भन्दा केही तल रहेको धरमपानीमा शनिवार बिहान पुगेका धामी धमिनी र भैरवी मन्दिरको रथ पूजा विद्यि प्रक्रिया पूरा गरी नुवाकोटतर्फ प्रस्थान गराइएको स्थानीय युवा सामाजिक अगुवा महेन्द्रलाल श्रेष्ठले वताए ।

भैरवी मन्दिरको रथ अपरान्ह सांढे चार बजे लामो समयदेखि रथ वोक्दै आएका लच्याङका ५० जना भन्दा वढिले भैरवी मन्दिर परिसरमा पु¥याएका थिए । भैरवी मन्दिरको रथलाई उकाल्न लच्याङवासी युवाहरुको समूहलाई मन्दिर परिसरको उकालोमा करिब आधा घण्टा समय लागेको थियो ।  भैरवी मन्दिरको रथ उकाल्दा जात्रामा सहभागि भएकाहरुले भैरवी मन्दिरको जय–जयकार गाएका थिए । रथ पुगेको केही समय पछाडी धामी–धमिनी, कुमार र गणेशलाई झल्लरी छाता ओढाएर विशेष सम्मानका साथ नुवाकोट भैरवी मन्दिरमा पु¥याइएको थियो ।

धामीधमिनीलाई धरमपानीबाट नुवाकोट भैरवी मन्दिर प्रस्थान गराउंदा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा वोगटी, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलगायत सरकारी अधिकारीका साथ नेपाली सेनाको वहादुर शेर गणका सेनाहरु तथा नुवाकोटका विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सिन्दुरे जात्रामा नेपाली सेनाका तर्फवाट निशाना शलामीतर्फ ३६ जना तथा निशना वोक्नका लागि ११ जना सैनिक खटिएका थिए । धामी धमिनी, कुमार र गणेशलाई धरमपानीबाट भैरवी मन्दिरतर्फ प्रस्थान गराउंदा वहादुर शेर गण वट्टार व्यारेकका सेनाको टोलीले सलामी अर्पण सहित भैरवी मन्दिरको निशाना झण्डा पहराउदै बजागाजा सहितले सम्मान गरेको थियो ।

भैरवी मन्दिरमा धामी धमिनीसहितको टोली पुगेपछि २०८२ सालको महत्वपुर्ण सिन्दुरे जात्रा विशेष सिन्दुर हालेर मनाइएको थियो ।  सरकारका प्रतिनिधि (द्वारे) महेन्द्रकुमार शाहीले धामीधमिनीलाई पूजा विद्यिमार्फत भैरवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिर अगाडि सिन्दुर हालेर यस वर्षको सिन्दुरे जात्रा मनाइएको हो । सिन्दुर हालिसकेपछि  धामी धमिनी, रथसहितको टोली तलेजु भवानीको मन्दिरमा पुगेर सिन्दुरे जात्राको समापनको अबसरमा आयोजित भोजमा सरिक भएका थिए ।

तलेजु मन्दिरमा आयोजित भोजमा धामी धमिनीसगै भैरवी मन्दिरको रथ पनि सरिक गराइएको थियो । भोज सम्पन्न भएपछि धामी धमिनी सहित भैरवी मन्दिरको रथ भैरवी मन्दिर अगाडि रहेको महेश मर्दिन मन्दिरसगैं राखिएको थियो । पूजाविधि अनुसार मन्दिर परिसरमा नै रहेका धामीले देवीघाटको जालपा देवी मन्दिरमा जस्तै भैरवी मन्दिरमा पनि रांगा बोकाको भोग खाएर यसवर्षको सिन्दुरे जात्रामा धामीको तर्फबाट पु¥याउनुपर्ने सम्पूर्ण संकल्प पूरा गरेका थिए । बुढी देवी र भैरवी मन्दिर परिसरमा पांच दिन अगाडि लिङ्गो ठड्याएर सुरु भएको यस वर्षको जात्रा भैरवी भगवानको रथसहित धामी धमिनी नुवाकोटबाट प्रस्थान गरी देवीघाटस्थित जालपा मन्दिरमा पुगेका थिए ।

औपचारिक रुपमा सिन्दुरे जात्राको रौनक तथा पूजाविधि र औपचारिक समापन भने एक सातापछि गरिने सरकारका प्रतिनिधि द्वारे मेहन्द्रकुमार शाहीले जानकारी दिए । विशेष गरि फागु पुर्णिमाको दिनदेखि सुरु हुने सिन्दुर जात्रा डेढ महिनासम्म जारी रहने शाहीको भनाई छ । वुढि भैरवी र भैरवी मन्दिर परिसरमा ठड्याइएको लिङ्गो ढालेर सिन्दुरे जात्रा सम्पन्न हुने  छ । सिन्दुरे जात्रामा धामी धमिनी हेर्न र दर्शन गर्न नुवाकोटको विभिन्न स्थानसहित रसुवा, धादिङ, चितवन, मकवानपुर, काठमाडौलगायत स्थानवाट १० हजार भन्दा वढि भक्तजनहरु तथा जात्रालुहरुको सहभागिता रहेको थियो ।

धार्मिक तथा सांस्कृतिक परम्परासहित नुवाकोटमै ठूलो पर्वको रुपमा मनाइने सिन्दुरे जात्रा गत फागुपूर्णिमाको दिन १२ भाइले भैरवीदेवीको मन्दिरबाट जल ग्रहण गरेर शुद्ध भएसँगै सुरु भएको हो । यस जात्राको विशेष रौनक डेढ महिनासम्म चल्ने रहेको छ । यसअघि नै स्थानीयवासी, तीर्थालु, धर्मावलम्बीबाट ४२ हात लामो सल्लोका लिङ्गो बूढी भैरवीदेवता मन्दिर र त्यसपश्चात् भैरवी देवी मन्दिर परिसरमा उठाइएको थियो । भैरवी वर्ष बन्धनको सिन्दूरे जात्राअन्तर्गत लिङ्गो उठाएसँगै भैरवीदेवी मन्दिरको रथसहित धामी, धमिनीलगायतको लावालस्कर देवीघाटस्थित प्रसिद्ध जालपादेवी मन्दिरमा लगेर शुक्रवार मध्यराती फर्काइएको हो  ।

सिन्दुरे जात्राका लागि लच्याङका ३२ नोले, ६० डोकेको नेतृत्वमा स्थानीय, जात्रालु, तीर्थालु तथा सुरक्षाकर्मीसहितले जालपादेवी मन्दिर देवीघाटमा पु¥याइएको देवीदेवतासहितको भैरवी देवीको रथ ‘फिर्ती सवार’ गराएर धरमपानीमा पु¥याइएको थियो । त्यहिवाट सिन्दुर जात्राको विशेष रौनक सुरु हुन्छ । जालपादेवी मन्दिर विहीवार राती पुगेका धामीसहितको लावालस्कर पनि शुक्रवार मध्यरातमा देवीघाटबाट नुवाकोटतर्फ फर्काइएको थियो । देवीघाटबाट मध्यरातमा लामीबगैँचा, वाणाचौतारो, इनारपाटी, बट्टारको पुरानोपाटी, बट्टारबजार चोक, नुवाकोटको बन हुँदै धरमपानीमा पुगेर विश्राम गरेर पुनः सिन्दुरे जात्रा सुरु भएको हो ।

जालपादेवी मन्दिरमा पु¥याइएको भैरवीदेवी, अष्टमात्रिकासहितको रथयात्राको स्थानीयवासीसहित तीर्थालु, जात्रालुले शुक्रवार राती जालपादेवी र भैरवीदेवीको जय–जयकार गरी देवीघाटबाट बिदाई गरेका थिए । धामीधमिनी सहितको लावलस्कर भने मध्यरातको सङ्कटासन्न समयमा जालपादेवी मन्दिरबाट नुवाकोट भैरवीतर्फ फर्काइएको हो । फागुपूर्णिमादेखि सुरु भएर वैशाख शुक्ल दशमीसम्म विभिन्न धार्मिक परम्पराको साथ मनाइने जात्रा नुवाकोटकै सबैभन्दा लामो जात्रा हो”, भैरवीका द्वारे महेन्द्रकुमार शाहीले भने ।

“लिङ्गो उठाउने, भैरवीदेवीको रथयात्रा, जीवित भगवान् धामीधमिनीको जालपादेवी मन्दिर प्रस्थान, सरकारी कार्यालयका प्रमुख, राजनीतिक दल, सामाजिक सङ्घसंस्थाको प्रतिनिधिको उपस्थितिमा द्वारेबाट धामीधमिनीको माथमा सिन्दूर हालेर सिन्दूरे जात्रा मनाइने गरिन्छ ।” भैरवी मन्दिरका पुजारी ८८ वर्षीय धामी हरिमानसिंह डङ्गोल, उनकी जीवन संगिनी अर्थात् धमिनी ज्ञानुमायाँ डङ्गोललाई पुजाआजासमेत यसै जात्रामा गरिन्छ । सिन्दुरे जात्रा नुवाकोटको पहिचान र मौलिक संस्कृति रहेको हुंदा यसको विशेष रुपमा संरक्षण र सम्वद्र्धनका साथै धार्मिक पर्यटन प्रवद्र्धनमा विदुर नपा सक्रिय भएको विदुर नपाका मेयर राजन श्रेष्ठको भनाई छ ।


सर्वाधिक रुचाइएको