मतदाता नामावली संकलन सुरु

– धमाधम अद्यावधिकसमेत
लोकखबर
२०८२ चैत्र २५, बुधबार ०१:०१

बिदुर – गत मंसिर ६ गतेदेखि स्थगन भएको मतदाता नामावली दर्ता संकलन तथा अध्यावधिक कार्य नुवाकोटमा पुनः खुल्ला गरिएको छ । जिल्ला निर्वाचन कार्यालय नुवाकोटले यस सम्वन्धि तीन प्रकारको विवरण सार्वजनिक गरेको छ । मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेका नेपाली नागरिकहरूले आफ्नो नागरिकता प्रमाणपत्रको आधारमा नजिकको निर्वाचन कार्यालयमा गई नाम दर्ता गराउन सक्ने जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।

साथै नाम, ठेगाना लगायत विवरण सच्याउन वा अध्यावधिक गर्न चाहने मतदाताहरूले पनि नेपाली नागरिकताको प्रमाणपत्र वा प्रमाण खुल्ने घटना दर्ताको प्रमाणपत्र पेश गरि आफ्नो विवरण सचाउन सक्ने जिल्ला निर्वाचन अधिकारी होमवहादुर थापामगरले जानकारी दिए । उनका अनुसार मतदाता नामावली दर्ता, संकलन तथा अध्यावधिक कार्यक्रम खुल्ला गरिएको जानकारी गराउंदै राष्ट्रिय परिचय पत्र प्राप्त गरेकाहरुको हकमा राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्रको नम्वरसहित अनलाइन प्रणालीवाटै आफ्नो नाम मतदाता नामावलीमा समाविष्ट गराउन सक्नेछन् । निर्वाचनमा सहभागी हुन योग्य सबै नागरिकलाई समयमै मतदाता नामावलीमा नाम दर्ता गराउन जिल्ला निर्वाचन कार्यालयले अनुरोध गरेको छ ।


सर्वाधिक रुचाइएको