बांदरको वन्ध्याकरण गर्न सरकारसंग सांसद डा. लामिछानेको माग
बिदुर – प्रतिनिधि सभाका सदस्य डा. अचुतम लामिछानेले सरकारसंग बांदर नियन्त्रणको प्रस्ताव गरेका छन् । उनले संसदमा वोल्दै बांदरले नेपाली जनतालाई दुःख दिइरहेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि बांदरको वन्ध्याकरण नै प्रभावकारी उपाय रहेको वताएका हुन् । नुवाकोट २ का निर्वाचित सांसद डा. लामिछानेले नुवाकोटलगायत देशैभर बढ्दो बाँदर आतंक नियन्त्रण गर्न बन्ध्याकरण कार्यक्रम सञ्चालनका लागि सरकारसँग बजेट विनियोजनको गर्न माग गरेका छन् ।

संसदमा वोल्दै उनले बाँदरको अनियन्त्रित वृद्धि कृषिका लागि गम्भीर चुनौती बनेको कारण यसलाई नियन्त्रण आवस्यक रहेको उल्लेख गरे । उनले समय लिएर संसदमा भने “जबसम्म बाँदरको संख्या नियन्त्रण हुँदैन, तबसम्म कृषिमा गरिएको लगानी प्रभावकारी हुन सक्दैन ।” उनले सरकारले बाँदर नियन्त्रणका लागि बन्ध्याकरण सम्बन्धी कार्यविधि तयार गरिसकेको भए पनि कार्यान्वयनका लागि आवश्यक बजेट अभावका कारण कार्यक्रम अघि बढ्न नसकेको पनि वताए ।

नेपालमा हाल करिब पाँच लाख बाँदर रहेको अनुमान गर्दै उनले प्रत्येक बाँदरको बन्ध्याकरणमा करिब एकहजार पांचसय रुपैयाँ खर्च लाग्ने पनि संसदलाई जानकारी गराए । सांसद लामिछानेले तत्काल आवश्यक बजेट छुट्याएर पुगेर बांदरको बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गरेका हुन् । सांसद लामिछानेले पछिल्लो समय विशेषगरी ग्रामीण क्षेत्रमा बाँदर आतंक बढ्दो छ । खेतबारीमा लगाइएको अन्नबाली र फलफूल बाँदरले सखाप पार्ने घटनाले किसानहरू आक्रान्त बनेका छन् ।

धेरै स्थानमा किसानहरू दिनरात नभनी खेती जोगाउन बाध्य छन्, जसले उनीहरूको श्रम र उत्पादन दुवैमा असर परेको जनाउंदै सांसद लामिछानेले छ । किसान तथा नेपालको कृषि उतपादनमा वढोत्तरीका लागि वांदरको नियन्त्रण आवस्यक रहेको उनले वताए । नेपालको् कृषि उत्पादनमा प्रत्यक्ष असर पारिरहेको बाँदर समस्या समाधान गर्न प्रभावकारी योजना र तत्काल कार्यान्वयन आवश्यक रहेको सरोकारवालाहरूको माग रहेको छ । किसानहरुको बांदर समस्या संसदमा उठेपछि किसानहरु खुसी भएका छन् भने सरकारले बांदर नियन्त्रणको कार्य सुरु गर्नेमा किसानहरु आशावादी भएका छन् ।

सांसद लामिछानेले आलु उत्पादक नुवाकोटका किसानहरुले आलुको वजार तथा मुल्य नपाएकोसमेत संसदको ध्यानाकर्षण गराए । किसानले उतपादन गरेका आलु विक्री नहुंदा आलु कुहिएर खेर गएको र यसले आलुमा गरिएको लगानी, श्रम, उत्पादन तथा जिविकोपार्जन सवै खेर गएको कारण यसको समस्या समाधान गर्नसमेतसांसद लामिछानले सरकारसंग माग गरे ।














































