शिवपुरीमा पशु उपचार शिविर
– पशुपालक किसानहरु लाभान्वित
बिदुर – पशुपालक किसानहरुको सुविधाका लागि नुवाकोटको पुर्वी भेगमा रहेको शिवपुरीमा पशु उपचार शिबिर गरिएको छ । यसवाट पशुपालक किसानहरु लाभान्वित भएका छन् ।

पशु सेवा कार्यालय ढुङ्गे नुवाकोटको आयोजना र शिवपुरी गाउँपालिका शेरावगरको समन्वयमा पशु परिक्षण तथा उपचार शिविर गरिएको हो । शिवपुरी गापा ४ पन्चचोकमा मंगलवार गरिएको सो शिविरमा किसानहरुले पालेका गाई, भैसी, गोरु, बाख्रालगायत पशुहरुकोे स्वास्थ परिक्षण तथा आवस्यक औषधि निःशुल्क बितरण गरिएको छ ।

शिबिरमा एकैदिन एकसय जना पशसपालक किसानहरु लाभान्वित भएका छन । पशु उपचार शिविरमा पशु सेवा कार्यालय नुवाकोटका प्राविधिकहरु, स्थानीय शिवपुरीका पशु स्वास्थ्य प्राविधिकसहितको टोलीले पशुचौपाया परिक्षण गरेको शिवपुरी गापा अध्यक्ष गोविन्द थपलियाले जानकारी दिए ।
























































