भित्ते पात्रो सार्वजनिक

– कांग्रेस संगठन विभागद्वारा प्रकाशित
लोकखबर
२०८२ चैत्र २५, बुधबार २३:०६

बिदुर – नेपाली कांग्रेस संगठन विभाग नुवाकोटले नयां भित्ते पात्रो सार्वजनिक गरेको छ । प्रकाशित उक्त भित्तेपात्रोको विमोचन गरिएको छ ।

बिदुरस्थित कांग्रेस पार्टी कार्यालयमा वुधवार आयोजित कार्यक्रममा भित्तपात्रो– –२०८३ सार्वजनिक गरिएको हो । कार्यक्रममा कांग्रेस जिल्ला उपसभापति राजु थापा, सचिव तथा संगठन विभाग प्रमुख श्रीराम श्रेष्ठ तथा प्रवक्ता नारायणप्रसाद अधिकारीलगायत जिल्ला कार्यसमितिका सदस्यहरू, क्षेत्रीय तथा प्रदेश कार्यसमितिमा आबद्ध प्रतिनिधि, साथै नेपाली काँग्रेसमा आबद्ध शुभेच्छुकहरूले एकसाथ विमोचन गरेका हुन् ।

संगठन विभागले सार्वजनिक गरेको उक्त भित्तेपात्रोमा पार्टीका गतिविधि तथा योजनाबारे जानकारीका लागि सहयोग पुग्ने विश्वास लिइएको छ । कांग्रेसको प्रजातान्त्रिक गतिविधिका सम्वन्धमा जानकारी दिने उद्धेश्यले उक्त भित्तेपात्रो प्रकाशित गरिएको संगठन विभाग प्रमुख तथा पार्टी सचिव श्रीराम श्रेष्ठले जानकारी दिए ।

 


सर्वाधिक रुचाइएको