गरिवी निवारण कार्यक्रम
बिदुर – नुवाकोटको बेलकोटगढी नगरपालिकामा गरिबी निवारण कार्यक्रम अन्र्तगत महिलाहरुलाई सिपविकास तालिम प्रदान गरिएको छ । यसवाट महिलाहरुले सिप सिकेर स्वरोजगार भएका छन् ।

बेलकोटगढी नपाद्वारा आयोजित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत बेलकोटगढी ४ आँपबोट बस्तीमा महिलाहरुका लागि सञ्चालित सिपमुलक तालिम सम्पन्न भएको छ । महिलाहरुलाई प्रशिक्षक वविता केसीले साबुन, हार्पिक, फिनेल, सरफ, ह्याण्डवास बनाउने ५ दिनसम्म सीप सिकाएकी हुन् ।

उक्त सिपविकास तालिमको बेलकोटगढी ४ का वडाध्यक्ष चन्द्रबहादुर लामाले समापन गरे । उनले महिलाहरुले स्वरोजगार वनेर आत्मनिर्भर हुनको लागि यस प्रकारको तालिम सन्चालन गरिएको वताए ।

उनले सिपलाई व्यवहारमा उतारी आयआर्जन गरि आत्मनिर्भर हुन सहभागीहरुलाई आग्रह गरे । सहभागी महिलाहरुले उत्पादन गरेमा बजारका लागि पहल गरिनेसमेत उनले वताए ।






















































