बनमा आगो लगाएको कसुरमा मुद्धा

– तीन वर्ष कैद र नगद जरिवानाको दाबी
लोकखबर
२०८२ चैत्र २६, बिहीबार २३:५८

बिदुर – राष्ट्रिय वनमा आगो लगाएको कसुरमा नुवाकोटमा एक व्यक्तिलाई कारवाहीको मागसहित मुद्दा दायर भएको छ । तीन वर्ष कैद र नगद जरिवानाको मागसहित मुद्धा दायर गरिएको डिभिजन बन कार्यालय नुवाकोटले जनाएको छ ।

सुर्यगढी गाउँपालिका ४ अर्चले स्थित चण्डेश्वरी सामुदायिक वनक्षेत्रको वनमा आगो लगाएको अभियोगमा एक व्यक्तिलाई पक्राउ गरि मुद्धा दायर गरिएको डिभिजनल बन अधिकृत प्रदीपनाथ शर्माले जानकारी दिए । उनका अनुसार पक्राउ परेका सुर्यगढी गापा ४ का नारायण तामाङ्गलाई कारवाहीको माग गर्दै मुद्धा दायर गरिएको हो ।

 

तामाङले वन ऐन २०७६ को दफा ४९(घ) अनुसारको कसुर गरेको ठहर गर्दै सोहि ऐनको दफा ५० को उपदफा (४) बमोजिम तीन वर्षसम्म कैद र ६० हजार रुपैया जरिवाना हुनुपर्ने मागदावी गर्दै नुवाकोट जिल्ला अदालतमा विहीवार मुद्दा दायर गरिएको कार्यालय प्रमुख शर्माले जानकारी दिए । शर्माले देशको सम्पत्ति बनमा कोहि कसैले पनि वनमा आगो लगाउने कार्य नगर्न र गरेको देखेमा जानकारी दिन आम सर्वसाधारमा अनुरोधसमेत गरेका छन् ।


सर्वाधिक रुचाइएको