दुर्घटनामा घाइते छात्राको मृत्यु

– उपचारका क्रममा चार दिनपछि मृत्यु
लोकखबर
२०८२ चैत्र २७, शुक्रबार ००:०७

बिदुर – नुवाकोटको शिलट्याङकीमा भएको स्कुटर दुर्घटनामा सख्त घाइते भएकी एक छात्राको निधन भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी छात्राको उपचारको क्रममा चार दिनपछि विहीवार निधन भएको हो ।

किस्पाङ गाउंपालिका १ भाल्चे स्थायी घर भई हाल बिदुर नगरपालिका ४ सिमचौरमा वसोबास गरि स्थानीय बिदुरस्थित पृथ्वी माविकी छात्रा पुर्णिमा घलेको स्कुटर दुर्घटनामा सख्त घाइते भई उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घलेले यस वर्षको नियमित तर्फको एसइई परिक्षा दिइरहेकी थिइन् ।

तीन वटा विषयको परिक्षा दिएपछि उनी बिदुर नपा ९ शिलट्याङकीस्थित सडकखण्डमा दुर्घटनामा परेकी थिइन् । बा५६प७६४६ नं.को स्कुटर शिलट्याङकीबाट बिदुरतर्फ जांने क्रममा सडक छेउको बिजुलीको पोलमा ठक्कर खाई दुर्घटनग्रस्त उनी सख्त घाइते भएकोमा काठमाडौस्थित केएमसि अस्पतालमा उपचार भइरहेकोमा विहीवार मृत्यु भएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए ।

स्कुटर अनियन्त्रित भई सडकबाट १५ मिटर तल खस्दा उनी सख्त घाइते भएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए । लामाका अनुसार छात्राको टाउको र खुट्टामा गम्भीर चोट लागेको थियो ।


सर्वाधिक रुचाइएको