शिशुलाई स्तनपानमा प्राथमिकता दिइने प्रतिवद्धता
बिदुर – स्तनपानको महत्व निकै ठुलो रहेको नुवाकोटको बट्टारमा आयोजित कार्यक्रमा जोड दिइएको छ । शिशुलाई स्तनपान नै विशेष र महत्व रहेको जनाउंदै यसको प्राथमिकतामा वढोत्तरी गरिनुपर्ने निष्कर्श निकालिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय नुवाकोटको आयोजनामा सरोकारवालासंग स्तनपान सम्बन्धी विशेष अन्तरक्रियामा सो विषया औंल्याइएको हो ।

कार्यक्रममा शिशुलाई स्तनपान विशेष र महत्व रहेको सहभागीहरुको ठम्याई रहेको छ । कार्यक्रममा नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंले शिशुको स्वास्थ्य सुरक्षाका लागि स्तनपानको महत्व र प्रभावकारिता विशेष रहेको वताए । उनले स्तनपान नै शिशुको एकमौ विकल्प रहेको पनि वताए ।

कार्यक्रममा जनस्वास्थ्य कार्यालय नुवाकोटकी प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा. अन्जु कार्कीले स्वास्थ्य मापदण्ड पालना गरेर सहयोग गर्न सरोकारवाला निकायलाई आग्रह गरिन् । उनले स्तनपान शिशुहरुको अधिकार भएको र यसले स्वास्थय सुरक्षामा मजवुत वनाउने वताइन् । कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

स्वास्थ्यकर्मीहरुले शिशुलाई स्तनपानको महत्वका सम्वन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागीहरुंले स्तनपानलाई शिशु तथा आमाको स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण भएको उल्लेख गर्दै यसलाई प्रवद्र्धन गर्न सबै निकायहरूबीच सहकार्य आवश्यक रहेको बताए ।

स्तनपान सम्बन्धी सरकारी नीति तथा कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवाला निकायहरूको सक्रियता अपरिहार्य रहेको धारणा व्यक्त गरिएको छ । कार्यक्रममा स्तनपानको महत्व, यसको प्रभावकारिता, स्वास्थ्य सुरक्षा, आमाको दूधको पोषण महत्व, शिशुको स्वास्थ्यमा स्तनपानको रक्षात्मक भूमिका, कार्यस्थलमा स्तनपानमैत्री वातावरण सिर्जना गर्ने उपाय, तथा सुरक्षित मातृत्वसँग यसको सम्बन्धबारे विस्तृत छलफल गरिएको थियो ।

सहभागीहरूले स्तनपान प्रवद्र्धनमा देखिएका चुनौतीहरू, जनचेतना अभिवृद्धि गर्ने उपायहरू तथा स्थानीय तहदेखि केन्द्रसम्मको समन्वय आवश्यकताबारे आआफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रमले स्तनपानसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, नीतिगत तथा व्यवहारिक पक्षमा सुधार ल्याउने र समन्वयात्मक कार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ । पछिल्लो समय स्तनपानको विकल्पमा बजारमा पाइने बट्टाका दूध खुवाउने कार्य वढ्दै गएकोमा यसले बालवालिकाहरुमा स्वास्थ्य सुरक्षा प्रभावकारी नहुने आयोजकले जनाएको छ ।











































